सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • भारतीय बक्स अफिसमा ‘एनिमल’ को कलेक्सन भारु २४६ करोड २३ लाख 

भारतीय बक्स अफिसमा ‘एनिमल’ को कलेक्सन भारु २४६ करोड २३ लाख 

1480
Shares
भारतीय बक्स अफिसमा ‘एनिमल’ को कलेक्सन भारु २४६ करोड २३ लाख 

काठमाडौं । भारतीय बक्स अफिसमा ‘एनिमल’ फिल्मको कलेक्सन २४६ करोड २३ लाख भारु पुगेको छ ।

फिल्मले पहिलो सोमबार भारतभर ४४ करोड भारु कमाएको थियो । । जसमा हिन्दीमा ४० करोड र दक्षिणमा ४ करोड भारु समावेश छ ।फिल्मको हिन्दी संस्करणले पहिलो सोमबार ४० करोड कमाएर शाहरुख खानको हिट फिल्म ‘जवान’को रेकर्ड तोडेको छ ।

रणवीरको यो फिल्मले विश्वभर ४२५ करोड भारु कमाएको छ । यो कलेक्सनसँगै रणवीरले आफ्ना धेरै फिल्मको विश्वव्यापी कलेक्सन रेकर्ड तोडेका छन् । रणवीरले १६ वर्षे करिअरमा जम्मा २० फिल्म गरेका छन्, जसमध्ये ११ फिल्म फ्लप र ९ हिट छन् । करिअरको दृष्टिकोणले रणवीरका लागि एनिमल महत्वपूर्ण छ । यस फिल्ममा रणवीर एक ‘एंग्री योङ म्यान’को भूमिकामा छन्, जुन उनको लभरब्वायको छविभन्दा फरक छ ।

रणवीरले १६ वर्षे करिअरमा जम्मा २० फिल्म गरेका छन्, जसमध्ये ११ फिल्म फ्लप र ९ हिट छन् । करिअरको दृष्टिकोणले रणवीरका लागि एनिमल महत्वपूर्ण छ । यस फिल्ममा रणवीर एक ‘एंग्री योङ म्यान’को भूमिकामा छन्, जुन उनको लभरब्वायको छविभन्दा फरक छ ।

के छन् त ‘एनिमल‘का रोचक तथ्य जसले करोडौंको मन जितिरहेको छ ?

एनिमलको लम्बाइ ३ घण्टा २१ मिनेट छ । यो फिल्मले एडल्ट सर्टिफिकेट प्राप्त गरेको छ । १६ भन्दा तलका दर्शकलाई हेर्न अनुमति छैन ।एनिमल उत्तर अमेरिकामा सर्वाधिक कमाउने हिन्दी फिल्म बनेको छ । हिन्दी फिल्मको इतिहासमा एनिमललाई सबैभन्दा हिंस्रक फिल्म भनिएको छ ।यो फिल्मको प्रतिघण्टा १० हजार एड्भान्स टिकट बिक्री भएको थियो ।

फिल्ममा एक लडाइँको दृश्यमा ४००-५०० अक्षर र ८०० मास्कको प्रयोग गरिएको छ, जुन सेटमा सिर्जना गरिएको थियो । सय जना कामदारले बनाएको फिल्ममा ५०० केजीको मेसिन गन प्रयोग गरिएको छ । यसलाई बनाउन करिब १ करोड भारु खर्च भएको छ फिल्ममा पोस्ट–क्रेडिट दृश्यपछि पर्दामा ‘एनिमल पार्क… भिजिट सुन’ लेखिएको छ, जसले फिल्मको सिक्वेलको संकेत दिन्छ । दोस्रो भागमा विजय र अजिजबीचको फेस–अफ देखाइएको छ र यी दुवै पात्र रणवीर कपुरले खेल्नेछन् ।

1480
Shares

ट्रेन्डिङ