सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • काठमाडौंको होटलमा महिलाको शव भेटियो

काठमाडौंको होटलमा महिलाको शव भेटियो

245
Shares
काठमाडौंको होटलमा महिलाको शव भेटियो

काठमाडौं । काठमाडौं महानगरपालिका–९, विजय चोकमा रहेको एक होटलमा महिलाको शव भेटिएको छ ।

कम्तीमा दुई दिनदेखि कोठा बन्द रहेको अवस्थामा ग्राहक पैसा नतिरी गएको हुनसक्ने आशंका गरेर ढोका खोल्दा शव भेटिएको भन्दै होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरी वृत्त, गौशालाको टोली घटनास्थलमा फेला परेको थियो ।

शनिबार साँझ अन्दाजी ४५ वर्षीया महिलाको शव भेटिएको हो । त्यसक्रममा खाटमा महिलाको शव भेटिएको थियो भने नजिकै डोरी समेत फेला परेको थियो ।

अहिले घटनाको अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, टेकुको टोली पनि घटनास्थलमा पुगेको छ । एसएसपी खत्रीका अनुसार, शंकास्पद व्यक्तिको खोजी भइरहेको छ ।

245
Shares

ट्रेन्डिङ