सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाईते

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाईते

685
Shares
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाईते

सुर्खेत । सुर्खेतको सिम्तामा मोटरसाइकल दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ ।

सिम्ता गाउँपालिका–६, जामुनेबजारमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किंदा  २८ वर्षीय विजय रानाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

आइतबार साँझ सल्यानको सल्लीबजारबाट सुर्खेतको गोजी बजारतर्फ जाँदै गरेको बा९५प ५२९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको भे१त४५ नम्बरको ट्याक्टर एक आपसमा ठोकिएका थिए ।

ट्याक्टर चालक र साहु भने फरार रहेका छन् ।

685
Shares

ट्रेन्डिङ