सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • सहकारीको भल्ट फुटाएर चोरी

सहकारीको भल्ट फुटाएर चोरी

660
Shares
सहकारीको भल्ट फुटाएर चोरी

मोरङ । मोरङको लेटाङ-२ फडानीस्थित एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्था चोरी भएको छ। 

सहकारी संस्थाबाट गए राति १२ लाख ८१ हजार ३० रुपियाँ चोरी भएको हो । सहकारी संस्थाको मुख्य कार्यालयसँगै रहेको गोदावरी सेवा केन्द्र र खैरेनी सेवा केन्द्रबाट एउटै समयमा चोरी भएको  हो । मदन भण्डारी राजमार्गमा जोडिएको खैरेनी सेवा केन्द्रबाट तीन लाख ९० हजार ५८५ रुपियाँ र मुख्य कार्यालयसँगै रहेको गोदावरी सेवा केन्द्रबाट ८ लाख ९० हजार ४४५ रुपियाँ चोरी भएको  छ। 

समुदायमा आधारित जिल्ला कै ठुलो सहकारी भित्र पर्ने एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्था लि.मा ६ हजार ८०८ शेयर सदस्य छन् । गत पुस १२ गते यता मोरङमा बचत ऋण सहकारी संस्थामा भएको चोरीको घटना चौथो हो । 

चोरी गर्नेको खोजिकार्य भइरहेको छ।

660
Shares

ट्रेन्डिङ