सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • हटाइयो सिंहदरबार र बालुवाटारको फुटपाथमा टाँगेको डोरी

हटाइयो सिंहदरबार र बालुवाटारको फुटपाथमा टाँगेको डोरी

415
Shares
हटाइयो सिंहदरबार र बालुवाटारको फुटपाथमा टाँगेको डोरी

काठमाडौं । सिंहदरबार र बालुवाटारको फुटपाथमा टाँगेको डोरी हटाइएको छ ।

व्यापक आलोचनापछि बुधबार साँझ प्रहरीले सिंहदरबार, बालुवाटार, संघीय संसद् भवन बानेश्वरलगायतका ठाउँको फुटपाथमा लगाएको डोरी हटाएको  हो ।

सोमबार लघुवित्तका ऋणीहरुको एउटा समूह बानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेको थियो । लगत्तै संसद् भवनको सुरक्षामा खटिएका ३२ जना प्रहरी हटाइएका थिए भने गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रमुखको आकस्मिक बैठक बोलाएका थिए ।

फर्किएपछि सुरक्षा समितिको निर्णय भन्दै प्रहरीले सिंहदरबार, बालुवाटार लगायतका क्षेत्रको फुटपाथमा डोरी टाँगेर सर्वसाधारणलाई हिँडडुलमा रोक लगाएको थियो ।

415
Shares

ट्रेन्डिङ