सबैको समाचार
शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • प्रहरी चौकी रोशी भूमिडाँडा काभ्रेबाट सेवा सुचारु

प्रहरी चौकी रोशी भूमिडाँडा काभ्रेबाट सेवा सुचारु

5060
Shares
प्रहरी चौकी रोशी भूमिडाँडा काभ्रेबाट सेवा सुचारु

काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं. १२ रोशी भूमिडाँडामा प्रहरी चौकीबाट सेवा सुचारु भएको छ ।

नेपाल सरकार मन्त्रीपरिषदको २०७६ आसोज ७ गतेको निर्णय अनुसार पनौती नगरपालिका वडा नं. १२ रोशी भूमिडाँडामा नयाँ निकाशा भएको प्रहरी चौकीको कार्य शुभारम्भ आज भएको हो ।

प्रहरी चौकी रोशी भूमिडाँडा काभ्रेकोे आज पनौती नगरपालिका प्रमुख भिम न्यौपाने,प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्री लगायतको उपस्थितीमा एक बिशेष कार्यक्रमको आयोजना गरी कार्य शुारम्भ गरिएको हो ।                                                                                 

पनौती नगरपालिका वडा नं. १२ भालेश्वर स्थितमा पनौती नगरपालिका र १२ नं. वडा कार्यालयद्धारा उपलब्ध गराईएको सामुदायिक भवनमा रहने गरी उक्त नयाँ निकाशा भएको प्रहरी चौकीको कार्य शुभारम्भ कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख र प्रमुख जिल्ला अधिकारीबाट संयुक्त रुपमा कार्य शुभारम्भ गरेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले स्वागत मन्तव्य राख्दै नयाँ स्थापना भई आजैदेखि कार्य शुभारम्भ भएको प्रहरी चौकी रोशी भूमिडाँडा काभ्रेले नागरिकहरुलाई सरल र सहज रुपमा विकेन्द्रीकृत सेवा प्रवाह गर्ने बताए ।

उनले स्थानिय स्तरमा शान्ति सुरक्षाको प्रत्याभूति दिई अपराध नियन्त्रण तथा न्यूनिकरणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

त्यस्तै पनौती नगरपालिका प्रमुख भिम न्यौपानेले प्रहरी र नागरिक एकै सिक्काका दुई पाटा भएकाले दुबै मिली समाजमा शान्ति सुरक्षा स्थापित गर्न आजै देखि कार्य शुभारम्भ भएको चौकीबाट अझ सहज र सुलभ हुने भन्दै खुसी व्यक्त गरेका थिए ।

5060
Shares

ट्रेन्डिङ