सबैको समाचार
शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • मोटरसाइकल दुर्घटनामा काभ्रेका मणिराजको मृत्यु

मोटरसाइकल दुर्घटनामा काभ्रेका मणिराजको मृत्यु

660
Shares
मोटरसाइकल दुर्घटनामा काभ्रेका मणिराजको  मृत्यु

 काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका-७ का मणिराज घिमिरे रहेका छन् ।

सल्लाघारी जाँदै गरेको बागमती प्रदेश ०२-०३२प ३३१३ नम्बरको मोटरसाइकल शनिबार राति १२:४३ बजे सूर्यविनायक नगरपालिका-५ चुनदेवी आकासे पुल नजिक दुर्घटना भएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मणिराजको मध्यपुर थिमि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका-४ घर भई काभ्रेपलान्चोक जोरपाटी बस्ने ३७ वर्षीय विनोदप्रसाद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

660
Shares

ट्रेन्डिङ