सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • सांसद चौधरीबारे छानबिन भइरहेको छ : सिआइबी

सांसद चौधरीबारे छानबिन भइरहेको छ : सिआइबी

285
Shares
सांसद चौधरीबारे छानबिन भइरहेको छ : सिआइबी

काठमाडौँ | केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले प्रतिनिधिसभा सदस्य विनोद चौधरीबारे बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा छानबिन गरिरहेको सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ ।

सिआइबीका प्रहरी उपरीक्षक एवं प्रवक्ता होविन्द्र बोगटीले आज सभामुख घिमिरेलाई जानकारी गराउन पत्र लेखेको जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका– ३ को कार्यालय र नवराज शर्मा समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी अजितनारायण सिंह थापा भएको बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको १० रोपनी जग्गा प्रकरणबारे सांसद चौधरीसँग पनि अनुसन्धान भइरहेको सभामुखलाई जानकारी गराइएको हो ।

“बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको दश रोपनी जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेर सरकारी जग्गा कीर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लिमिटेडका संस्थापक शेयरधनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य सङ्घीय संसद्का सदस्य विनोदकुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीका लागि सादर अनुरोध गरिएको छ”, उक्त पत्रमा उल्लेख भनिएको छ ।

285
Shares

ट्रेन्डिङ