सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • काभ्रेमा टिपर दुर्घटना, ४ जना घाईते

काभ्रेमा टिपर दुर्घटना, ४ जना घाईते

640
Shares
काभ्रेमा टिपर दुर्घटना, ४ जना घाईते

काभ्रे । चौरी देउराली ६ मा टिपर दुर्घटना भएको छ ।
चौरिदेउरालि गाउँपालिका ६ बल्टार स्थित देउरालिबाट जैरबाडि जोड्ने कच्चि सडकमा खण्डमा कात्तिके देउरालिबाट भिमपाईला तर्फ जाँदै गरेको बाप्र०२००६ ख ५९०५ नं को खालि टिफर आफै अनियन्त्रि भई सडकबाट ५०० मिटर तल खसि दुर्घटना भएको हो ।

दुर्घटनामा टिफरमा सवार जम्मा ७ सात जना मध्ये चालक सहित ४ चार जना घाईते भएका छन् ।

घाईते हुनेमा दोलखा जिल्ला तामाकोशि गाउपालिका बस्ने बर्ष ३० का चालक सिताराम खड्का, काभ्रे जिल्ला चौरिदेउरालि गाउँपालिका ६ बस्ने काईला तामाङ ,बर्ष ६३ का तारा राज गिरी ,सिन्धुपाल्चोक जिल्ला बलेफि गाउँपालिका ५ बस्ने सुबास घिसिङ रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोलि खटि गएको टिफर घटनास्थलमा नै रहेको प्रहरीले जनाएको छ ।

640
Shares

ट्रेन्डिङ