सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • अन्धविश्वासले गयो सुत्केरीको ज्यान   

अन्धविश्वासले गयो सुत्केरीको ज्यान   

365
Shares
अन्धविश्वासले गयो सुत्केरीको ज्यान   

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक महिलाको मृत्यु भएको छ ।

प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको आइतबार राति १२ : ३० बजे रोडिकोट स्वास्थ्यचौकीमा मृत्यु भएको हो । मृतक देवकोटालाई शुक्रबारदेखि पानी बग्ने समस्या देखिएको थियो ।  

देवकोटाले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी थिइन् ।

आफन्तले ढिला आइतबार बिहान ११ बजे मात्रै स्वास्थ्यचौकी पुर्‍याउँदा समस्या उत्पन्न भएको स्वास्थ्यचौकीका इञ्चार्ज टिका बोहराको भनाइ छ ।

आफन्तले भूतप्रेत लागेको भन्दै सुत्केरी ब्यथाले च्यापेको एक दिनपछि मात्रै स्वास्थ्यचौकी ल्याएका थिए । स्वास्थ्यचौकीमा कार्यरत अनमी लगायत सबै स्वास्थ्यकर्मी लागि परेर रातिको १० : ३० बजे बच्चा जन्माउन सफल भए पनि त्यसको केही समयपछि देवकोटाको मृत्यु भयो ।

 दुर्गम हुम्लाका अधिकांश महिलाले कहिले उद्धार त कहिले उपकरणका साथै विज्ञ स्वास्थ्यकर्मीबाट सेवा नपाउँदा अकालमै ज्यान गुमाउनु परेको छ ।

365
Shares

ट्रेन्डिङ