सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • भकुण्डे- तेमाल सडक सम्झौता सकिन ४ महिना बाँकी हुँदा २२% काम

भकुण्डे- तेमाल सडक सम्झौता सकिन ४ महिना बाँकी हुँदा २२% काम

680
Shares
भकुण्डे- तेमाल सडक सम्झौता सकिन ४ महिना बाँकी हुँदा २२% काम

काभ्रेपलान्चोक | जिल्लाको भकुण्डे हुँदै तेमाल जोड्ने एक मात्र सडक खन्ड लामो समय देखि जिर्ण अवस्थामा छ । सो सडक हुदै यात्रा गर्ने यात्रुहरुले लामो समयदेखि दैनिकीमै समस्या झेल्दै आएका छन् ।

सडक खन्डको जिल्ला समन्वय समिति, सडक डिभिजन कार्यालय भक्तपुर, नमोबुद्ध नगरपालिका प्रमुख र तेमाल गाउँपालिका उपाध्यक्ष र सन्चारकर्मीहरुको टोलीले सडकको अनुगमन गरेको छ । सडक डिभिजन कार्यालय भक्तपुरको आयोजनामा दुई वर्षमा सम्पन्न गर्ने भन्दै २०७९ साउन १६ गते सम्झौता भएको थियो ।

सडक निर्माण सम्झौताको समय सिमा सकिन करीब ४ महिना बाकी रहदाँ सडकको काम नभएको भन्दै स्थानियको गुनासो पछि जिल्ला समन्वय समितिको आयोजनामा भकुण्डे– तेमाल सडकखन्डको आज अनुगमन गरिएको हो ।

भकुण्डेचोक देखि नारायणथान मेच्छे सम्म सडक पिच गर्ने आयोजनाको नाम भकुण्डे -माछे– मुक्पाटार– तित्रेटार – माम्दीरोड आयोजना सडक स्तोन्नतीको काम भन्दै के.एस देवि रमण, तेज जु ललिपुर १५ ले भन्दै २०७९ साउन १६ गते २० करोड ८९ लाखमा सम्झौता गरी २०८१ साउन १५ गते भित्रमा सक्ने भनी सम्झौता गरेको आयोजना करीब चार महिना बाँकी रहँदा काम हाल सम्म मात्र २२ % पुर्याएको निर्माण कम्पनीले जनाएको छ ।

दुई वर्ष भित्रमा सक्ने भनिएको आयोजना आज २० महिना बित्दा करीब २२ प्रतिशत मात्रै काम भएको देखियो । हामीले स्थलगत अनुगमनमा सबै निकायले हेरौ । यो सडकमा ठेकेदार र सडक डिभिजन कार्यालय भक्तपुरको गैरजिम्मेवारीका कारण यो सडक अलपत्र परेको देखियो जिल्ला समन्वय प्रमुख दिपक गौतमले पत्रकार सङ अनुगमनमै बताए ।

ठेकेदारको लापर्वाहीले गर्दा पटक पटक भकुण्डे तेमाल सडक बनाउने भने पनि नबनेको गुनासो गर्दै यो पटक बन्नु पर्नेमा खबरदारी गरे । सङै स्थानियले आफुहरुको दैनिकीमै परेको गुनासो समेत सोही क्रममा ब्यक्त गरे ।

अनुगमनको क्रममा भकुण्डे– तेमाल सडकको १३ किलो मिटर पिच हुने भनिए पनि आज समय सिमा सकिन्न लाग्दा जम्मा २२ प्रतिशत काम भएको देखिएको हो। अनुगमनकै क्रममा सडक निर्माणको जिम्मा लिएका ठेकेदारले भने आफुले समय सिमामा भकुन्डे – माछे सडकखन्डको काम सक्न्ने मैखिक प्रतिबद्धता समेत ब्यक्त गरे ।

अनुगमनको क्रममा नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुनसाङ लामा, तेमाल गाउँपालिका उपाध्यक्ष डि.एम लामा, सडक डिभिजनका प्रतिनिधि एवं विभिन्न सञ्चार माध्यमका प्रतिनिधि लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

680
Shares

ट्रेन्डिङ