सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • १३ लाख २० हजार स्रोत नखुलेको रकम सहित १ पक्राउ

१३ लाख २० हजार स्रोत नखुलेको रकम सहित १ पक्राउ

1015
Shares
१३ लाख २० हजार स्रोत नखुलेको रकम सहित १ पक्राउ

महोत्तरी | महोत्तरीको जलेश्वरमा स्रोत नखुलेको १३ लाख २० हजार रकमसहित एक जना पक्राउ परेका छन् ।

आइतबार दिउँसो जलेश्वर-७ स्थित बखरीमा सम्सीबाट जलेश्वर जाँदै गरेको ना ३ ख २८७८ नम्बरको सार्वजनिक बसलाई जाँच गर्दा उक्त रकमसहित भारतको सितामढी बेला पंचायतका ४० वर्षीय अरुण पंजियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्टको संयुक्त प्रहरी टोलीले बस रोकी पंजियारको शरीर जाँच गर्दा स्रोत नखुलेको रकम फेला परेपछि नियन्त्रणमा लिइएको डिएसपी गिरीले बताए ।

उनले पंजियारमाथि अनुसन्धान अघि बढाइएको बताए ।

1015
Shares

ट्रेन्डिङ