सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • चितुवाको आक्रमणमा परी वन हेरालु घाइते 

चितुवाको आक्रमणमा परी वन हेरालु घाइते 

365
Shares
चितुवाको आक्रमणमा परी वन हेरालु घाइते 

रौतहट :- रौतहटको जुडिबेलास्थित जंगलमा चितुवाको आक्रमणमा परी सोमवार सामुदायिक वन उपभोक्ता समूहका वन हेरालु घाइते भएका छन् ।

चन्द्रपुर नगरपालिका– २ स्थित मलेनियामाइ सामुदायिक वन उपभोक्ता समूहका वन हेरालु गंगा कुमर चितुवाको आक्रमणमा परी घाइते भएको डिभिजन वन रौतहटका प्रमुख शैलेन्द्र मिश्रले जानकारी दिए ।

कुमरको थप उपचारको लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको चन्द्रपुर-२ का वडाअध्यक्ष दुत्तबहादुर थिङले जानकारी दिए । रौतहटको राष्ट्रिय वनमा बाघ, चितुवा, हरिण, बँदेल लगायतका बन्यजन्तुको संख्या बढेको वनका कर्मचारीहरु बताउँछन् ।

365
Shares

ट्रेन्डिङ