भन्सार छलेर सुनको कारोबार गर्ने ५ जना पक्राउ
काठमाण्डाै । भन्सार छलेर सुनको कारोबार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी आज साेमवार सार्वजनिक गरेको छ । उनीहरूलाई काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भोजपुर सालपासिलिछो गाउँपालिका–४ बस्ने २४ वर्षीय अमृतधन राई, सुनसरी इनरुवा नगरपालिका–९ बस्ने ४४ वर्षीय नजिर मन्सुर, धनुषा हंसपुर नगरपालिका–८ बस्ने ४९ वर्षीय कारीईसार […]