सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • ९६ प्रतिशत किसान बीमा पहुँचबाट बाहिरै

९६ प्रतिशत किसान बीमा पहुँचबाट बाहिरै

865
Shares
९६ प्रतिशत किसान बीमा पहुँचबाट बाहिरै

काठमाडौं । कृषि बीमामा किसानको पहुँच निकै न्यून रहेको पाइएको छ । सातौं राष्ट्रिय कृषि गणनाले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । जसअनुसार कृषिजन्य वस्तुको बीमामा ९६ प्रतिशत किसानहरु पहुँच बाहिर रहेको पाइएको छ । गत महिना सार्वजनिक २०७८ को सातौं गणनाको नतिजाअनुसार देशभरका एक लाख ८२ हजार ४ सय किसान मात्रै हालसम्म बीमाको पहुँचमा छन् ।

जुन कुल कृषक परिवार संख्याको ४ प्रतिशत मात्रै हो । अर्थात ३९ लाख ४८ हजार ३ सय किसान परिवार अझै बीमाको पहुँचबाट टाढै छन् ।

तथ्याङ्कअनुसार बीमाको पहुँचमा रहेका मध्ये पनि ८४ प्रतिशत किसानहरुले पशुपन्छीका लागि मात्रै बीमा गरेको बताएका छन् । खाद्यन्न बालीका लागि १४ हजार, तरकारी बालका लागि ५ हजार ८ सय, फलफूल बालीका लागि ५ हजार २ सय र पन्छी पालनका लागि ९ हजार ६ सय किसानले बीमा गरेका छन् ।

यस्तै,पशुपालनका लागि एक लाख ५४ हजार किसानले बीमा गराएका छन् भने माछा पालन गर्ने ४ हजार ३ सय किसान मात्रै बीमाको पहुँचमा छन् । कृषिको अन्य क्षेत्रमा बीमाको सचेतना र पहुँच झनै कमजोर देखिएको तथ्याङ्कमा उल्लेख छ ।

865
Shares

ट्रेन्डिङ