सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • आर्थिक मन्दीको मार खसीबोकामा पनि, किनबेच घट्यो

आर्थिक मन्दीको मार खसीबोकामा पनि, किनबेच घट्यो

890
Shares
आर्थिक मन्दीको मार खसीबोकामा पनि, किनबेच घट्यो

काठमाण्डाै । यस वर्ष आर्थिक मन्दीको प्रभाव खसीबोकामा पनि परेको छ । अघिल्ला वर्षहरुमा खसीबोका किनबेच गर्ने ठाउँमा मानिसहरुको भिड लाग्ने गरेकोमा यस वर्ष व्यापार नै कम भएको व्यापारीहरुले बताएका छन् ।

बिक्री घटेपछि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोकाको मूल्य फेरि घटाएको छ । सुरुमा प्रतिकिलो १० रुपैयाँ छुट दिएको खाद्यले मूल्य संशोधन गरेर खसीबोकामा प्रतिकिलो २० र च्याङ्ग्रामा २५ रुपैयाँ छुट दिएको हो ।

बिक्री नै कम भएकोले जति लामो समय पाल्यो त्यत्ति नै बढी खर्च हुने हुँदा भाउ घटाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी शर्मीला न्यौपाने सुवेदीले बताउनुभयो । यस्तै, अरु व्यापारीहरुले पनि जिउँदो खसीबोका किलोको ६ सय ४० देखि ५० तोकेकोमा ग्राहकहरुले मोलमोलाई गरेर त्यो भन्दा पनि सस्तोमा बिक्री गर्न बाध्य भएको बताएका छन् ।

यस वर्ष दुई/तीन घरपरिवार मिलेर एउटा खसीबोका किन्ने तथा थुप्रै मासु पसलहरुमा दशैँका मुख्य दिनको लागि निश्चित मात्रामा मासु अर्डर गर्ने क्रम बढेको भक्तपुरको कौशलटारमा मासु पसल गर्ने रामेछापका रामचन्द्र घिमिरेले बताउनुभयो ।

अघिल्लो वर्ष आफूले ३४ वटा जिउँदो खसी बेचेकोमा यस वर्ष अहिलेसम्म ४–५ वटा पनि बिक्री नभएको उहाँले बताउनुभयो ।

890
Shares

ट्रेन्डिङ