सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बैंक तथा सहकारीमा चोरी गर्ने ३ भारतीय पक्राउ

बैंक तथा सहकारीमा चोरी गर्ने ३ भारतीय पक्राउ

960
Shares
बैंक तथा सहकारीमा चोरी गर्ने ३ भारतीय पक्राउ

बुटवल । रुपन्देहीका विभिन्न बैंक तथा सहकारीमा भएका चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३ भारतीय नागरिकलाई पक्राउ गरेको छ । चाेरी गर्दै पैसा भेला पारेर उनीहरु क्यासिनोमा जाने गरेको खुलेको छ । पक्राउ पर्नेमा उत्तर प्रदेशको गोरखपुर घर बताउने प्रचन्ड विक्की ठाकुर भन्ने आकाश सिंह, सोनु भन्ने जितेन्द्र यादव र अरविन्द भन्ने विष्णु सहनी छन् ।

प्रहरीका अनुसार उनीहरुले असोज १७ को राति तिलोत्तमा नगरपालिकाको मणिग्रामस्थित कामना बहुउद्देश्यीय सहकारी संस्थाको ३ लाख ५७ हजार ६ सय रुपैयाँ र सीसी क्यामेराको ब्याकअप चोरी गरेका थिए । यस्तै सांग्रीला डेभलपमेन्ट बैंकको शाखाबाट प्रबन्धकले प्रयोग गर्ने ल्यापटप‚ सीसी क्यामराको ब्याकअप र खुकुरी चोरी गरेका थिए ।

उनीहरूले वैशाख ९, जेठ २ र असार ११ र २३ मा सिद्धार्थनगर नगरपालिकामा पनि चोरी गरेको खुलेको प्रहरीले जनाएको छ । उनीहरुलाई आइतबार रुपन्देही प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दानबहादुर थापाका अनुसार पक्राउ परेकाहरु जुवाका लती हुन् । क्यासिनोको लत लागेका उनीहरु नेपाल छिरेर रुपन्देहीका विभिन्न क्षेत्रमा चोरी गरेर रकम जम्मा गर्ने र क्यासिनोमा जाने गरेका थिए । सिद्धार्थनगर नगरपालिकामा रहेको एक क्यासिनो बाहिर शंकास्पद अवस्थामा रहेका उनीहरुलाई प्रहरीले कात्तिक ४ मा पक्राउ गरेको हो ।

५/६ जनाको समूहमा रहेकामध्ये ३ जनालाई प्रहरीले खोजी गरिरहेको छ । पक्राउ परेकाहरुले प्रहरीसँगको प्रारम्भिक बयानमा आफूहरु लामो समयदेखि चोरी गर्ने र क्यासिनोमा जाने गरेको बताएका छन् ।

यस्तै विभिन्न चोरीका घटनामा संलग्न अन्य ७ जनालाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

960
Shares

ट्रेन्डिङ