सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • विवहाको १३ दिनमै टुट्यो सम्बन्ध शिक्षित महिला नै हिंसाको शिकार

विवहाको १३ दिनमै टुट्यो सम्बन्ध शिक्षित महिला नै हिंसाको शिकार

4835
Shares
विवहाको १३ दिनमै टुट्यो सम्बन्ध शिक्षित महिला नै हिंसाको शिकार

विश्वमा नै नारी दिवस मनाइ रहँदा नेपालमा भने नारी उत्पीडनको घटना बढ्दै गएको छ । नेपालको राजधानी काठमाडौंमा नै महिला शोषण, उत्पिडनका घटनाहरु भइरहेको छ ।
प्रसङ्ग हो राजधनीको गोकर्णेश्वरमा एक युवतीलाई विवाहमा दाइजो कम ल्याएपछि बोक्सीको आरोपमा परिवारले घरबाट निकाला गरिदिएको ।
गत फागुन १२ गते विहिबारको दिन मात्रै वैवाहिक बन्धनमा बाँधिएर नयाँ जीवनको शुरु गरेका यी दम्पतीको जीवन राम्रोसँग अगाडी बढन सकेन । कारण बन्यो दाइजो ! कस्तो अचम्म सुन्दा पनि ।
नेपालमा पुरा रुपले दाइजो प्रथा उन्मुलनका लागि सरकारले हरेक वर्ष थुप्रै कार्यक्रमहरु गरिरहेको छ । नेपालका विकट तथा दुर्गम क्षेत्रबाट दाइजो प्रथा हटिसकेको अवस्थामा राजधानीमै यस प्रकारको घटना हुन साँच्चै लज्जास्पद विषय नै हो ।
कसरी भयो विवाह
गोकर्णेश्वर १५ का नेपाली सेनाका अधिकृत दीनेश केसी सरकारको राजतिलक लगाएको सरकारी जागिरे व्यक्ति, पढाई र व्यक्तित्व सबै कुरामा अब्बल रहेका केसीले केही दिनमा नै आफ्नो असली चरित्र देखाउलान भन्ने कसलाई के थाहा ?
गोकर्णेश्वर १६ मा बसोबास गर्ने उपमा भण्डारीका परिवारलाई पनि ब्याचलर सक्काएर बसेकी छोरीको विहेको लागि सेकेन्ड ल्याफ्टिनेन्टको कुरा आउनु उचित लाग्यो साथ साथै केही सामान्य जाँच गरी भण्डारी परिवारले केसीलाई आफ्नो छोरीको विवाह धुमधामले गराए ।
१५ दिन पनि नबित्दै टुट्यो ७ जन्मको कसम
हामीहरुले अहिले भन्ने र सुन्ने गरेको फेसबुकको माया प्रेम एक दुई दिनमा टुट्छ भनेर तर यहाँ त केटा र केटीका आमा बाबुहरुको विचमा सल्लाह, सहमति र समझदारी हुँदाहुँदै पनि ७ जन्मसम्म साथ दिने भनी अग्नी साक्षी राखी गरिएको विवाह बन्धन १५ दिनसम्म पनि टिक्न सकेन ।
विवाह भएको चौथो दिनदेखि नै उनले घरको पारिवारिक व्यवहार असामान्य लग्यो । विहान चिया पकाउन भान्सामा छिरेकी उनलाई सासुले नपकाउन भनिन् । उनले कारण पनि सोधिनन् । उनको मौनताको ठिक विपरीत सासुको आवाज चर्को हुन थाल्यो ।
पिडित उपमा भन्छिन्ः– दाइजो कम ल्याएको, सासुले ल्याएको दाइजो पनि बहुमूल्य नभएको भन्दै गाली दिदै माइती पक्षको पनि बेइज्जती गर्ने, माइती पक्षका बुवाआमाको काम र पढाइको पनि खिल्ली उडाउने काम भयो ।
सासुको अपहेलना गालीमा मात्रै सिमित भएन । मलाई ‘बोक्सी’ भएको आरोप लगाइन् । उपमाले थपिन् ।
उपमाले सासु र आफूबीच भएका संवादहरु घरमा घटेका घटनाको बेलिविस्तार आफ्ना श्रीमानलाई बताइन तर श्रीमानले उनको साथ दिएनन् । अझ ममी माता हो । सयौंको झारफूक गर्नुहुन्छ । भूत बोक्सी हटाउनुहुन्छ । तिमीलेचाहिँ उहाँले भनेको किन नमान्ने?’ भन्ने तर्कहरु गरे ।
अवस्थाले यति मात्र गराएनन् उनका ससुराले पनि कुखुराको बली दिएर पूजा गर्नुपर्ने बताउँदा पनि पढे लेखेको भनिने र सेनाको राम्रो पदमा भएको श्रीमानको यी कुरालाई मान्दा उनी चकित परिन् । अन्धविश्वासको चङ्गोलमा फसेकी उपमाले त्यहाँबाट कसरी उम्कने कुनै पत्तो पाइनन् ।
को हुन दीनेश केसी
केसी सैनिक जनसम्पर्क निर्देशनालयमा उपसेनानी पदमा कार्यरत छन् । ’म उच्च पदको मान्छे । मलाई कानुनले पनि केही गर्न सक्दैन।’ भन्ने अहम भएका व्यक्ति हुन दीनेश केसी ।
उम्कन सफल उपमा
श्रीमान दीनेश केसीले आफ्नो फोन पनि लुकाइदिएका थिए । परिवारसँग सम्पर्क्विच्छेद भएको उपमाले फागुन १९ गते लुकेर आफ्नो भाइसँग सम्पर्क गरिन् । त्यसको लगत्तै २० गते श्रीमानले नै माइतीमा छोडिदिए ।
माइतीमा आमाबुवासँग आफ्नो पीडा पोख्न पाएकी उपमा फेरी अर्को तनावको सिकार हुन पुगिन सोही रात घर नफर्किएको भन्दै श्रीमान् खुकुरी लिएर आए ।
घर फर्कन मानेको थिइनँ । उहाँले आफ्नो हात पनि काट्नु भयो र मलाई पनि मार्ने धम्की दिनुभयो’, बाध्य भएर घर त फर्किए तर राति मार्छु र काट्छु भन्न थालेपछि बुबलाई फोन गरेर बोलाएकी थिएन उपमाले ।
उपमाले डराएर त्रासमा बस्नुलाई समस्याको समाधान मानिनन् । प्रतिवाद र कानुनी प्रक्रियालाई सही बाटो ठानिन् र सोहीअनुरुप महानगरीय प्रहरी वृत्त बौद्धमा घरेलु हिंसाविरुद्द सुरक्षा गरिपाउँ भन्दै निवेदन दिइन् ।
फागुन २४ गते प्रहरी उनको पीडा सुन्दै थिए। उपमाको समस्याको सम्बोधन पनि गर्ने आश्वासन दिँदै थिए । अचानक चौकीमा नेपाली सेनाको अधिकृत पोशाकमा देखा परेका दीनेश ।
बुधबार पीडित पक्षले दिएको उजुरी नबुझेको प्रहरीले फागुन २५ गते बुधबार (आज) पीडित पक्षको आफन्त र मानव अधिकारवादीको दवावमा उजुरी लिएको छ ।
दुवै पक्षलाई राखी आज वृत्त बौद्धमा छलफल गराइएको भएपनि दुवै पक्षले कानुनी प्रक्रियामा अघि बढ्ने सहमति जनाएकाले भण्डारीकी सासु राधिका केसीलाई नियन्त्रणमा लिइएको प्रहरी सहायक निरीक्षक शुक्र राईले जानकारी दिए ।
यसरी काठमाडौंमा नै यस्तो घटनाहरुले प्रत्साहन पाइरहेको छ । हामी कस्तो समाजमा बसिरहेका छौं । एक पटक सोच्न पर्ने बेला आएको छ । सरकारबाट आएको अनुदानले महिला सशक्तिकरण भनेर सानातिना सिपका कार्यक्रमहरु गरेर महिला सशक्तिकरण हुँदैन यो बुझन जरुरी छ ।
महिला सशक्तिकरण भनेर पहुँचवालाहरुले मञ्च र पत्रपत्रिकामा आलेख र भाषण अनि अनुदानको दुरुपयोग रोकी महिला महिला भन्दा पनि समाजलाई नै परिवर्तन गर्न तिर अग्रसर हुनुपर्ने बेला आएको छ ।

4835
Shares

ट्रेन्डिङ