सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • उपत्यकामा कोरोनाको स्थिति भयावह, एकैदिन थपिए ९१० संक्रमित

उपत्यकामा कोरोनाको स्थिति भयावह, एकैदिन थपिए ९१० संक्रमित

3265
Shares
उपत्यकामा कोरोनाको स्थिति भयावह, एकैदिन थपिए ९१० संक्रमित

कोरोना भाइरसको महामारी नेपालमा ह्वात्तै बढेको छ । जतिसुकै कोरोना बढे पनि सावधानी भने कम मात्र अपनाइएको छ । शनिबार मात्रै ३ हजार २१८ संक्रमित थपिएका छन् । १३ हजार ५७३ जनाको परीक्षणबाट २३.७१ प्रतिशत संक्रमित थपिएका हुन् ।

थपिएकामा काठमाडौं उपत्यकाका मात्रै ९१० जना हुन् । जसमा काठमाडौंमा ५९३, ललितपुरका १८९ र भक्तपुरका १२८ जना हुन् । त्यसैगरी कास्कीका २२५ जना हुन् । चितवनका १५० जना थपिए ।

शनिबार १९ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ३८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यद्यपि यो संख्या निकै भएको दाबीसमेत गरिएको छ । शनिबार १ हजार ७२२ जनामात्र संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ३५ हजार ४३२ जना सक्रिय संक्रमित रहेका छन् ।

काठमाडौंमा मात्रै १० हजार २२६ जना सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौंमा ७ हजार १९३ जना, ललितपुरमा १ हजार ७४५ तथा भक्तपुरमा १ हजार २८८ जना सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा सबैभन्दा बढी १ हजार ९८१ जनाको ज्यान गएको छ । ललितपुरमा ६०३ तथा भक्तपुरमा ३९६ जनाको ज्यान गएको छ ।

3265
Shares

ट्रेन्डिङ