सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • पूरानो घर ‘एमाले’लाई सम्झिँदै रामकुमारी झाँक्री रोएपछि…

पूरानो घर ‘एमाले’लाई सम्झिँदै रामकुमारी झाँक्री रोएपछि…

2355
Shares
पूरानो घर ‘एमाले’लाई सम्झिँदै रामकुमारी झाँक्री रोएपछि…

 

गुल्मी । शुक्रबार शहरी विकास मन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) की सचिवसमेत रहेकी रामकुमारी झाँक्री गृह जिल्ला गुल्मीको सदरमुकाम तम्घासमा पार्टीको कार्यालय उद्घाटनमा पुगिन् ।

मन्त्री भनेपछि राम्रै तामझाम हुने नै भयो । त्यहाँ उनको भव्य स्वागत भयो । र, कार्यक्रम अघि बढ्यो । कार्यक्रममा मन्तव्य आउनुअघि मन्त्री झाँक्री ठीकठाकै थिइन् ।

तर, जब उनको मन्तव्य दिने पालो आयो उनी भाषण सँगसँगै भावुक भइन् । ‘पूरानो घर’ र ‘नयाँ घर’ को प्रसंग उप्काउँदै आँखाभरी आँशु पारिन् । परेलीका डिलबाट आँशुहरु चुहिन थाले तैपनि उनले नयाँ र पूरानो घरको प्रसंग बढाइनै रहिन् ।

पूरानो घर भनेर नेकपा एमालेलाई भनेकी थिइन् । नयाँ घर भन्नाले एमालेबाट छुट्टिएर गएपछि बनेको नेकपा (एस) लाई भनेकी थिइन् । पूरानो घरमा बस्ने वातावरण नहुँदा आफूँहरुले नयाँ घर जबर्जस्ती बनाएको उनले बताइन् ।

उनले पूरानो घर सम्झिँदै भनिन, ‘हामीले थुप्रै घर निर्माण गरियो, घर भनेको बस्न लायक हुनुपर्छ सबैको मान्यता हो तर जिन्दगीका महत्वपूर्ण समय त्यही घर पार्टीमा योगदान गर्‍यौं, लाखौं जनताको सारथी मात्रै होइन बदल्ने महत्वपूर्ण अभियन्ता पनि बन्यौं ।’

गुल्मीको नेकपा एमालेको पार्टी कार्यालयनजिकै उद्घाटन हुँदै गरेको नेकपा (एस) को कार्यालयमा उभिएर आफूहरुले अनेकै संघर्षका बाबजुद पक्की घर बनाउन सफल भए पनि अलग्गिनुपरेको सुनाइन् ।

‘धेरै मेहनत गरेका थियौं त्यो घर बनाउन । तर त्यही घर पार्टीबाट अलग भयौं, यात्रा कठिन छ, कठिन भए पनि यात्रा सम्भव छ,’ यति भनेपछि एकाएक भावुक बनिन् मन्त्री झाँक्री ।

त्यसपछि गहभरी आँशु झार्दै भन्न थालिन्, ‘धेरै मान्छेले हामीलाई सोधेका छन् पार्टी कसरी निर्माण गर्छौ रु राजनीतिक यात्रा कसरी अगाडी बढछ ? तर आगामी निर्वाचनसम्म गठबन्धन कायम रहन्छ ।’

मन्त्री झाँक्री वर्तमान ५ दलीय गठबन्धन भत्काउन एमाले सक्रियतापूर्वक लागिपरेको बताइन् । तर, जतिसुकै गरेपनि गठबन्धन नटुट्ने उनले बताइन् ।

 

2355
Shares

ट्रेन्डिङ