सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • काभ्रे दरबन्दी भई सिन्धुलीमा कार्यरत सशस्त्र प्रहरी जवानले आफैंलाई गरे गोली प्रहार

काभ्रे दरबन्दी भई सिन्धुलीमा कार्यरत सशस्त्र प्रहरी जवानले आफैंलाई गरे गोली प्रहार

16665
Shares
काभ्रे दरबन्दी भई सिन्धुलीमा कार्यरत सशस्त्र प्रहरी जवानले आफैंलाई गरे गोली प्रहार

सशस्त्र प्रहरी बल नेपालका एक जवानले आफैंमाथि गोली प्रहार गरेका छन्। सशस्त्र प्रहरी बल नम्बर ५ गण काभ्रे दरबन्दी भई आश्रित गुल्म सिन्धुलीमा कार्यरत जवान मदन श्रेष्ठले आफैंमाथि गोली प्रहार गरेका हुन्।

सिन्धुलीको कमलामाई नगरपालिका–११ घर भएका जवान श्रेष्ठले गत शुक्रबार राति साढे १० बजेतिर आफूले बोकेको एसएमजीबाट आफैंलाई गोली प्रहार गरेका थिए। उनी त्यतिबेला कमलामाई नगरपालिका–५ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय सुरक्षार्थ खटिएका थिए। कार्यालयको शौचालयमा गएर उनले आफ्नो चिउँडोमा गोली प्रहार गरेको पाइएको छ।

उनको सशस्त्र प्रहरीको काठमाडौं बलम्बुस्थित अस्पतालमा उपचार चलिरहेको छ। जवान श्रेष्ठले किन आफैंलाई गोली प्रहार गरे भन्नेबारे केही खुलेको छैन।

 

अहिले उपचाररत रहेको र घाइते जवान समान्य अवस्थामा आएपछि गोली प्रहारको कारण खुल्न सक्ने सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी विदुर खड्काले बताए।

 

16665
Shares

ट्रेन्डिङ