सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • काभ्रेमा करिब ३ सय मात्रै गैरसरकारी संस्था नवीकरण

काभ्रेमा करिब ३ सय मात्रै गैरसरकारी संस्था नवीकरण

7365
Shares
काभ्रेमा करिब ३ सय मात्रै गैरसरकारी संस्था नवीकरण

काभ्रे : काभ्रेका गैसस प्रतिनिधिहरु विधान एकरुपता नहुदाँ निकै समस्या आइरहेको बताएका छन् । धुलिखेलमा आज सामुदायिक सारथी नेपालले आयोजना गरेको सामाजिक संघसंस्थाको सुशासन न्यूततम आधार विषयक अन्तक्रिया कार्यक्रममा सहभागि गैसस प्रतिनिधिहरुले यस्तो बताएका हुन् ।

उनीहरुले संस्था दर्ता ऐन २०३४ कै आधारमा अझै पनि संस्था दर्ता भइरहेको र कानुन र नियम मार्फत स्पष्ट नहुदाँ निकै समस्या झेल्नु परेको बताएका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेमा हालसम्म २ हजार २ सय १४ वटा संस्था दर्ता भएका छन् । त्यसमध्ये ३ सय १४ वटा मात्रै संस्थाले नवीकरण गरेका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले गैर सरकारी संस्थाले समाजमा जनचेतना फैलाउन अमुल्य योगदान गरेको बताउनुभयो । संस्थामा काम गर्ने ब्यक्तिहरुमा रहेको ज्ञान र सीपलाई स्थानीय तहहरुले समेत उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

गैसस काभ्रेका अध्यक्ष टोम सापकोटाले सामाजिक संघसंस्थालाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न जरुरीरहेको बताउनुभयो । कार्यक्रममा काभ्रे जिल्लामा क्रियाशिल विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरु सहभागि भएका थिए । सामुदायिक सारथीका कार्यक्रम संयोजक अनिल खनालले संस्थाको सुशासनका न्यूतम आधारहरुका बारे प्रष्ट्याउनुभएको थियो ।

7365
Shares

ट्रेन्डिङ