सबैको समाचार
शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • साँगा बस दुर्घटना अपडेट: १० जना घाइते (नाम सहित )

साँगा बस दुर्घटना अपडेट: १० जना घाइते (नाम सहित )

27120
Shares
साँगा बस दुर्घटना अपडेट:  १० जना घाइते (नाम सहित )

काभ्रे : भक्तपुरको सूर्यविनायक नगरपालिका-१० साँगामा बुधबार भएको बस दुर्घटनामा घाइते हुनेको संख्या १० पुगेको छ । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार, काठमाडौंबाट धुलिखेलतर्फ आउँदै गरेको बा ४ ख ९३९६ को काभ्रे–काठमाडौं नगर बस दिउँसो सवा ३ बजेतिर साँगाको पुलमुनि भिरबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको हो ।

घाइतेहरु सबैको अवस्था सामान्य रहेको र सबैको पहिचान खुलेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए । उनका अनुसार, घाइतेहरु १० जनामध्ये भक्तपुरस्थित इवामुरा अस्पतालमा ३ जना, मध्यपुर अस्पतालमा ६ जना र बनेपास्थित शिर मेमोरियल अस्पतालमा १ जनाको उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भएकाहरुमध्ये बनेपा नगरपालिका–३ की २२ वर्षीया सुस्मिता श्रेष्ठ, बनेपा नगरपालिका–१३ का २० वर्षीय विनय जोशी, बनेपा नगरपालिका–१३ स्थित भैंसेपाटीकी २० वर्षीया दीक्षा तिमिल्सनाको इवामुरा अस्पतालमा उपचार भइरहेको इलका प्रहरी कार्यालय बनेपाले जनाएको छ । कार्यालयका अनुसार, सुनसरी जिल्लाको बराह क्षेत्र नगरपालिका–१ घर भइ काठमाडौंको बसुन्धरा बस्दै आएकी ४४ वर्षीया रीता खत्री, बनेपा नगरपालिकाकी २० वर्षीया रीतिका श्रेष्ठ, बनेपा नगरपालिका–१३ का ५९ वर्षीय अर्जुन खड्का, सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ घर भइ काठमाडौं नयाँ बसपार्क बस्ने ३१ वर्षीय पूर्णबहादुर पार्खिन र सोही पालिका घर भइ भक्तपुर पाण्डुबजार बस्ने ३० वर्षीय सूर्यबहादुर पाख्रिन (सवारी चालक)को मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

काभ्रेको खानीखोला गाउँपालिका–१ घर भई बनेपा बस्ने १८ वर्षीय दिपक बिकको शिर मेमोसरयल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

27120
Shares

ट्रेन्डिङ