सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ३ वटा एक्स्काभेटरमा आगजनी गरेको आरोपमा ५ जना पक्राउ

३ वटा एक्स्काभेटरमा आगजनी गरेको आरोपमा ५ जना पक्राउ

455
Shares
३ वटा एक्स्काभेटरमा आगजनी गरेको आरोपमा ५ जना पक्राउ

साेलुखुम्बु | सोलुखुम्बुमा तीन वटा एक्स्काभेटरमा आगजनी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा माप्यदूधकोशी गाउँपालिका–५ का सुभाष राई र एक जना नाबालक, थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिमका हेमन्त राई, एकराज राई र सन्दीप राई रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक रामचन्द्र शाहका अनुसार गएको असार ५ गते थुलुङ दूधकोशी गाउँपालिका–५ जुबुमा बा २ क ४८७८ नम्बरको एक्स्काभेटरमा, साउन ४ गते थुलुङ दूधकोशी गाउँपालिका–५ मा बा २ क ९१२१ नम्बरको एक्स्काभेटरमा र मंसिर ३ गते थुलुङ दूधकोशी गाउँपालिका–५ मा अर्को एउटा एक्स्काभेटरमा आगजनी भएको थियो ।

एकाराज राई यी तीनवटै आगजनीमा, सन्दीप र नाबालकको दुई वटा घटनामा संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अर्का एक जना फरार रहेका र उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध आपराधिक उपद्रो शीर्षकमा मुद्दा चलेको छ ।

455
Shares

ट्रेन्डिङ