सबैको समाचार
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • ट्र्याक्टरको ठक्करबाट ५ वर्षीय बालिकाको मृत्यु

ट्र्याक्टरको ठक्करबाट ५ वर्षीय बालिकाको मृत्यु

820
Shares
ट्र्याक्टरको ठक्करबाट ५ वर्षीय बालिकाको मृत्यु

सिन्धुली | सिन्धुलीमा ट्र्याक्टरको ठक्करबाट आज पाँच वर्षीय बालिकाको मृत्यु भएको छ । कमलामाई नगरपालिका–५ मधुटारस्थित भित्री सडक खण्डमा सिलामेबाट सिन्धुलीमाढी बस पार्कतर्फ आउँदै गरेको ना ५ त ९५१० नं को ट्र्याक्टरले बाटो काट्दै गरेकी बालिका अरुणा श्रेष्ठ (निर्जला) लाई ठक्कर दिएको थियो ।

कमलामाई नगरपालिका–५ बस्ने २८ वर्षीय गोपी वाइवाले चलाएको उक्त ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएकी श्रेष्ठको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशवकुमार कटवालले जानकारी दिए । उनकाअनुसार बालिकालाई ठक्कर दिने ट्र्याक्टर र चालक प्रहरीको नियन्त्रणमा छ ।

820
Shares

ट्रेन्डिङ