सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • प्रधानमन्त्री दाहालद्वारा पदबाट राजीनामा

प्रधानमन्त्री दाहालद्वारा पदबाट राजीनामा

2640
Shares
प्रधानमन्त्री दाहालद्वारा पदबाट राजीनामा

काठमाडौँ, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्री कार्यालयबाट आज अपराह्न देशवासीका नाममा सम्बोधन गर्दै उहाँले आजै प्रधानमन्त्री पदबाट राजीनामा गरेको घोषणा गर्नुभयो । साथै उहाँले आफूले तत्काल राष्ट्रपतिसमक्ष राजीनामा बुझाउने घोषणा पनि गर्नुभयो ।
नेपालको राजनीतिमा लामो समयदेखि ‘नैतिकताको खडेरी’ पर्दैआएको पृष्ठभूमिमा आफूले नेपाली काँग्रेससँग गरेको समझदारी अनुसार राजीनामा गरेको उहाँले बताउनुभयो । गत वर्ष साउन २० गते नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) सहित अन्य दलसँगको समर्थनमा उहाँ प्रधानमन्त्री हुनुभएको थियो । रासस

2640
Shares

ट्रेन्डिङ