सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्ड सवार विमान जनकपुरमा अवतरण हुन सकेन

प्रधानमन्त्री प्रचण्ड सवार विमान जनकपुरमा अवतरण हुन सकेन

905
Shares
प्रधानमन्त्री प्रचण्ड सवार विमान जनकपुरमा अवतरण हुन सकेन

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल सवार बुध्द एयरको विमान जनकपुरमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको छ ।

मंगलबार बिहान जनकपुरका लागि काठमाडौंबाट उडेको बुध्द एयरको विमान खराब मौसममा कारण जनकपुरमा अवतरण हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

काठमाडौंबाट विहान पौने ९ बजेतिर उडेको विमान जनकपुरको आकाशबाट करिब साढे ९ बजेतिर फर्किएको हो । यान्त्रिक उपकरणको सहयोगमा हुने इन्स्ट्रुमेन्ट फ्लाइट रुल (आइएफआर) विधिबाट जनकपुरका लागि उडेको विमान १२ सय मिटरको भिजिविलिटीमा अवतरण हुन नसकेको जनकपुर विमानस्थलका एक अधिकारीले जानकारी दिए ।

‘काठमाडौंबाट जनकपुर आउँदा यहाँको भिजिबिलिटी १७ सय मिटर थियो’ जनकपुरविमानस्थल प्रमुख भीमदत्त पन्तले भने, ‘तर यहाँ विमान जनकपुर आइपुग्दा भिजिबिलिटी घटेर १२ सय पुग्यो ।’ भिजिबिलिटी कम भएपछि उक्त विमान जनकपुरको आकाशमा करीब १५ मिनेट होल्ड भएको थियो । तर मौसममा सुधार नभएपछि विमान काठमाडौं फर्किएको उनले बताए ।

‘अहिले भिजिबिलिटी १२८० छ । १७ सय मिटर भएपछि विमानस्थल खुल्छ’ उनले भने । बुध्दको एटीआर ७२ विमानमा प्रधानमन्त्री दाहालसहित ६५ जना यात्रु सवार थिए । उक्त विमान मौसम खुलेपछि पुन: जनकपुर जाने बुध्द एयरका जनसम्पर्क अधिकृत दीपेन्द्र कर्णले जानकारी दिए ।

905
Shares

ट्रेन्डिङ