सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • फिर्ता भएन महाअभियोग, मनगणन्ते भाषामा निवेदन दिएको भन्दै एमालेको आपत्ति

फिर्ता भएन महाअभियोग, मनगणन्ते भाषामा निवेदन दिएको भन्दै एमालेको आपत्ति

3735
Shares
फिर्ता भएन महाअभियोग, मनगणन्ते भाषामा निवेदन दिएको भन्दै एमालेको आपत्ति

काठमाडौं, जेठ १५ । सहमतिअनुसार सत्तापक्षले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग फिर्ता नलिई स्थगन गर्न मात्र निवेदन दिएको भन्दै प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाएको छ ।
महाअभियोगका प्रस्तावक र समर्थकले फिर्ता नभनी अघि नबढाउन मात्रै भनेर संसद् सचिवालयमा निवेदन दिइएपछि प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाएको हो ।कुनै नियम नै उल्लेख नगरी मनगणन्ते भाषामा निवेदन दिएको भन्दै एमालेले आपत्ति जनाएको छ ।शनिबार शीर्ष नेतासँग भएको छलफलमा महाअभियोग फिर्ता लिने सहमति भएपछि एमालेले सदन चल्न दिएको थियो ।
संसद्को नियमावलीको नियम ८२ बमोजिम व्यवस्थापिका संसद् सचिवालयमा दर्ता भइसकेको प्रस्ताव सभामुखको अनुमति लिई प्रस्तावकले लिखित निवेदनद्वारा प्रस्ताव फिर्ता लिन सक्नेछ भन्ने व्यवस्थाविपरीत निवेदन दिइएको भन्दै एमालेले असहमति जनाएको छ ।
संसद् सचिवालयमा दर्ता भई संसद् बैठकमा प्रस्तुत नभएको प्रस्तावलाई नियम ८२ बमोजिम निवेदन दिएर फिर्ता गर्न सकिने व्यवस्था छ । सभामुखलाई निवेदन दिएपछि सभामुखले तोक लगाएर संसद्का महासचिवलाई पठाएपछि महासचिवद्वारा प्रस्ताव फिर्ताको जानकारी पठाउने नियम छ ।
तर, महाअभियोग प्रस्तावका प्रस्तावक कांग्रेसका मीन विश्वकर्मा र माओवादी केन्द्रका प्रमुख सचेतकले दिएको निवेदनमा भने महाअभियोग प्रस्ताव कुनै नियममा नटेकी अघि नबढाउने वाक्य मात्र उल्लेख छ ।
-राजधानी दैनिक

3735
Shares

ट्रेन्डिङ