सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • तिहारमा ४५ करोडको झिलिमिली बत्ती आयात

तिहारमा ४५ करोडको झिलिमिली बत्ती आयात

1800
Shares
तिहारमा ४५ करोडको झिलिमिली बत्ती आयात

काठमाडौं, कात्तिक २६ : यो वर्षको तिहारमा बजारमा साढे ४५ करोड रुपियाँ बराबरको बिजुलीका झिलिमिली बत्ति आयात भएको छ । उज्यालोको पर्व तिहारमा झिलिमिली बत्तीको माग धेरै हुने हुँदा त्यति रकम बराबरको आयात भएको हो ।

नेपाल विद्युतीय व्यवसायी महासङ्घका अनुसार झिलिमिली बत्तीको कुल वार्षिक कारोबारमध्ये झन्डै ८५ प्रतिशत तिहारमा हुने गर्छ । छठ, क्रिसमस, नयाँ वर्ष, राष्ट्रिय पर्व उत्सव, बिहे व्रतबन्धजस्ता शुभकार्यमा सजावटका लागि प्रयोग हुने जनाएको छ ।

महासङ्घका अनुसार तिहारमा बालिने झिलिमिली बत्ती चीन, भारत, बहराइन, अस्ट्रेलिया, हङकङलगायत देशबाट आयात हुन्छ । कुल आयातको ८० प्रतिशतभन्दा बढी चीनबाट आउँछन् ।

महासङ्घका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा चीनबाट मात्रै ३९ करोड रुपियाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ । यस्तै भारतबाट ६ करोड ६० लाख रुपियाँ बराबरको आयात भएको छ ।

महासङ्घका अनुसार गत वर्ष बैङ्किङ तरलता र डलर अभावका कारण झिलिमिली बत्तीको आयात र बजार निकै साँघुरिएको थियो । यसले गर्दा गत वर्ष पनि व्यापारीले चाहेजस्तो व्यापार गर्न सकेनन् ।

त्यसअघि निरन्तर तीन वर्षसम्म कोभिड महामारीका कारण बजार प्रभावित बनेको थियो । गत वर्ष करिब ४० करोड मूल्यबराबरको मात्रै आकर्षक झिलिमिली बत्ती आयात भएको महासङ्घको तथ्याङ्क छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

1800
Shares

ट्रेन्डिङ