सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • शान्तिपूर्णरूपमा उम्मेदवार मनोनयन दर्ता हुँदै : आयोग

शान्तिपूर्णरूपमा उम्मेदवार मनोनयन दर्ता हुँदै : आयोग

4335
Shares
शान्तिपूर्णरूपमा उम्मेदवार मनोनयन दर्ता हुँदै : आयोग

काठमाडौँ, १६ कार्तिक । आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आज बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन दर्ता कार्य शान्तिपूर्ण र व्यवस्थित ढङ्गले सुरु भएको निर्वाचन आयोगले जनाएको छ । मनोनयन दर्ता बेलुका ५ बजेसम्म चल्नेछ । उम्मेदवारहरुले आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन पत्र दर्ता गर्ने व्यवस्था मिलाइएको छ ।

दोस्रो चरणमा हुने चुनावमा ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १ सय २८ सदस्य र प्रदेशसभाका लागि २ सय ५६ सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता भइरहेको हो । उम्मेदवारी मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुले मनोनयनको फारम लैजानुका साथै शान्तिपूर्णरुपमा उम्मेदवारी दर्ता गर्ने क्रम सुरु भएको जानकारी प्राप्त भएको छ ।

दोस्रो चरणको निर्वाचनमा १ करोड ९८ लाख ८ सय ५२ मतदाता सहभागी हुने निर्वाचन आयोगले जनाएको छ । मुख्य दलका शीर्ष नेता तथा दोस्रो तहका नेताहरु दोस्रो चरणमा हुने निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएकाले सबै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

4335
Shares

ट्रेन्डिङ