सबैको समाचार
मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • शाहरुख खानका फयानलाई आयो खुशीको खबर

शाहरुख खानका फयानलाई आयो खुशीको खबर

3455
Shares
शाहरुख खानका फयानलाई आयो खुशीको खबर

बलिउड सुपरस्टार शाहरुख खानका फयानका लागि खुशीको खबर छ । हालसम्म नाम तय भैनसकेको शाहरुखको आगामी फिल्मको नाम जनवरी १ तारेखमा सार्वजनिक गरिनेछ । हालसम्म ड्र्वाफ, बौवा लगायत नाम तय गरिएको चर्चा चलेको थियो । तर निर्माता र निर्देशकहरुले यस्लाई अस्विकार गर्दै आएका थिए । हालै सार्वजनिक एक खबर अनुशार अब जनवरी १ मा उक्त फिल्मको नाम सहित पोष्टर पनि सार्वजनिक गरिनेछ । उक्त फिल्मको नाम अल्फाबेट एबिसिडिको अन्तिम अक्षर जेट बाट सुरु छ ।
एक कार्यक्रममा बोल्दै शाहरुख खानले यो कुराको पुष्टि गरेका हुन् । उनले उक्त कार्यक्रममा भनेका छन्–”केहि दिनमै यस्को पोष्टर तथा नाम सार्वजनिक हुन्छ । यस्को तयारी अन्तिम चरणमा छ ।”यसअघि चेन्नई एक्प्रेस, ह्याप्पी न्यु इयर को नाम तथा पोष्टर पनि जनवरी १ तारेखमै सार्वजनिक गरिएको थियो । २०१८ को क्रिसमशमा रिलिज हुन थालेको यो फिल्मको लगानी १ करोड ५० लाख भारु छ । यो फिल्ममा शाहरुख होचो मान्छेको भूमिकामा देखिँदैछन् ।

3455
Shares

ट्रेन्डिङ