सबैको समाचार
शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • तेस्रो किडस् काभ्रे सम्पन

तेस्रो किडस् काभ्रे सम्पन

रुभाना र आदर्शलाई तेस्रो किडस् काभ्रेको उपाधि

785
Shares
तेस्रो किडस् काभ्रे सम्पन

काभ्रेपलान्चोक :- सिल्भर साइन इन्टरटेन्मेन्टको आयोजनामा सञ्चालित तेस्रो किडस् काभ्रेको उपाधि रुभाना मानन्धर र आर्दश बञ्जाराले पाएका छन् ।

शनिबार बनेपामा सम्पन्न भएको तेस्रो किडस् काभ्रेको उपाधि महिलातर्फ रुभाना मानन्धर र पुरुषतर्फ आर्दश बञ्जाराले पाएका छन् ।

त्यस्तै, फस्ट रनर अपमा महिलातर्फ अनिभा आले मगर र पुरुषतर्फ पाल्देन लामा भएका छन् भने सेकेन्ड रनर अपमा महिलातर्फ सङग्या थिङ तामाङ र पुरुषतर्फ अनुस राजबहाक भएका छन् । प्रतियोगितामा प्रनिशा गौतम र रियान के.सीले जुरी अवार्ड पाएका छन् ।

त्यस्तै बेस्ट ड्रेस स्वस्तिश्री रन्जितकार, बेस्ट वाक आसियाना श्रेष्ठ, बेस्ट ट्यालेन्ट रुभाना मानन्धर, फोटोजेनिक प्रनिशा गौतम, पर्सनालिटी आदर्श बन्जारा, स्टाइलिस जयाक्लिन जस्पाउ, पपुलर मेल सुभान मानन्धर, पपुलर फेमेल अनिभा आलेमगर, क्युट आत्मिक केसि, जोलि नेचर पाल्देन लामा, बेस्ट स्माइल रियान केसिले अवार्ड जिते ।

प्रतियोगिताका विजयीहरुलाई जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले बालबालिकामा भएका प्रतिभा प्रस्फुटन गराउनका लागि यस प्रकारको कार्यक्रम निकै नै प्रभावकारी हुने बताए ।

प्रतियोगितामा ८ जना महिला र ८ जना पुरुष गरी १६ जना बालबालिकाहरुको सहभागीता रहेको थियो । मोडल रचना गौतम, पत्रकार कपिल कोइराला र स्वास्थ्यकर्मी एवं स्वास्थ्य उद्यमी शिव पौडेल निर्णायकको भूमिकामा थिए ।

कार्यक्रममा स्वागत मन्तव्य आयोजक जानुका खनाल तथा कार्यक्रम संचालन सचित खड़काले गरेका थिए । प्रतियोगिताको कोरियोग्राफि निशा श्रेष्ठले गरेकि थिइन भने सोनि श्रेष्ठको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

785
Shares

ट्रेन्डिङ