सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • आजको मौसम : पहाडी भेगमा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपात

आजको मौसम : पहाडी भेगमा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपात

855
Shares
आजको मौसम : पहाडी भेगमा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपात

काठमाडौं, कात्तिक १३ : अहिले बिहान देशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ। वर्षा, चट्याङ र हिमपातको जोखिमबाट हुनसक्ने क्षतिबाट बच्न सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।

855
Shares

ट्रेन्डिङ