सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • २५ वर्षिया सरिता आफ्नै घरमा मृत भेटिइन्

२५ वर्षिया सरिता आफ्नै घरमा मृत भेटिइन्

5045
Shares
२५ वर्षिया सरिता आफ्नै घरमा मृत भेटिइन्

काभ्रे / काभ्रेकाे महादेव प्रा.विकी शिक्षिका आफ्नै घरमा मृत भेटिएकी छन् । काभ्रेकाे मण्डनदेउपुर-६ सिपाघाटकी २५ वर्षिया सरिता दुलाल शुक्रबार आफ्नै घरमा मृत भेटिएकी हुन् । बिहान ९ बजेसम्म पनि गाई नदोहेर कराउन थालेपछि स्थानीयले सरिताको ढोका ढकढक्याएका थिए ।

भित्रबाट कुनै जवाफ नआएपछि शंका लागेर स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सरिताको घरमा पुगेर हेर्दा उनकाे शव उत्तानो परेको अवस्थामा लडिरहेको र शरिरभरी निलडाम भएकाले उनकाे हत्या भएकाे हुनसक्ने प्रहरीले बताएकाे छ ।

घटनापछी सरीताका श्रीमान सुदिप दुलाल फरार रहेकाले उनैले सरीताकाे हत्या गरेकाे हुनसक्ने प्रहरीकाे आशंका रहेकाेछ । प्रहरीले सरिताका श्रीमानकाे खोजी गरिरहेकाे बताएकाे छ । प्रहरीले मृतकका सासु ससुरा र जेठानी जेठाजुलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे छ ।

स्थानीय महादेव प्राविकी शिक्षिका समेत रहेकी सरीताकाे शव पोष्टमार्टमको लागि अस्पताल लगिएको छ । प्रहरीले मृतकको घाँटीमा गम्भीर चोट र शरीरमा निल डाम देखिएकाले यातनापछि हत्या गरिएकाे हुनसक्ने बताएकाे छ ।

5045
Shares

ट्रेन्डिङ