सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • जीप दुर्घटनामा तीन जनाको ज्यान गयो

जीप दुर्घटनामा तीन जनाको ज्यान गयो

3445
Shares
जीप दुर्घटनामा तीन जनाको ज्यान गयो

ललितपुर / बाग्मती गाउँपालिका वडा नम्बर – ३ तीनपानेमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । तीनपानेबाट भट्टेडाँडाका लागि छुटेको बा ५ च ५६९६ नम्बरको जीप दुर्घटना हुँदा महोत्तरी बर्दिबासका १९ वर्षका विशाल थापामगर, ललितपुर तीनपानेकी १६ वर्षकी सुनिता लोप्चन र सरिता मोक्तानको ज्यान गएको प्रहरीले जनाएको छ ।

सोमबार बेलुका ९ बजेतिर भएको दुर्घटनामा विशालको घटनास्थलमै र सुनिता र सरिताको उपचारका क्रममा आनन्द वन अस्पताल ललितपुरमा ज्यान गएको प्रहरीले जनाएको छ ।

3445
Shares

ट्रेन्डिङ