सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • आन्दोलनमा उत्रिने शिक्षकलाई बर्खास्त गर्ने चेतावनी

आन्दोलनमा उत्रिने शिक्षकलाई बर्खास्त गर्ने चेतावनी

1660
Shares
आन्दोलनमा उत्रिने शिक्षकलाई बर्खास्त गर्ने चेतावनी

काठमाडौं :- काठमाडौँ महानगरपालिकाले महानगरभित्रका स्कुल बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने भएको छ । महानगरपालिका भित्रका कुनै पनि निजी तथा सरकारी विद्यालयका शिक्षकहरूले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने महानगरले बताएको हो ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौंमा भइरहेको आन्दोलनमा महानगरका विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा गए उनीहरुलाई कारबाही गर्ने महानगरले जनाएको हाे । त्यसका लागि महानगरले शिक्षा विभागलाई अनुगमन गरेर कारबाही गर्न निर्देशन दिएको छ ।

गत भदौमा संशोधन गरिएको शिक्षा नीतिमा शिक्षक तथा कर्मचारीलाई दलको सदस्य हुन बन्देज लगाउँदै काठमाडौं महानगरपालिकाले शिक्षा ऐन संशोधन गरेकाे थियो । यदि कुनै शिक्षक बन्द हडतालमा उत्रिएको पाइए सोही ऐनमा टेकेर कारबाही गरिने महानगरले बताएको छ ।

त्यस्तै विद्यालय शान्ति क्षेत्र भएकाले शिक्षक कर्मचारी बन्द हडतालमा उत्रिएको खण्डमा सेवाबाट बर्खास्त गर्ने महानगरको चेतावनी छ।

1660
Shares

ट्रेन्डिङ