सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सकियो निश्चल र स्वस्तिमाको ‘घामड शेरे

सकियो निश्चल र स्वस्तिमाको ‘घामड शेरे

7090
Shares
सकियो निश्चल र स्वस्तिमाको ‘घामड शेरे

काठमाडौं,जेष्ठ १६ ; रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भुमिका रहेको फिल्म ‘घामड शेरे’को सुटिङ सकिएको छ । फिल्मका निर्देशक हेमराज विसी हुन् । ३८ दिनमा फिल्मको छायांकन सकिएको निर्देशक हेमराजले बताए । निश्चल र स्वस्तिमा ‘घामड शेरे’मा पनि श्रीमान् श्रीमतीकै भूमिकामा छन् । फिल्मको अधिकांश छायांकन सुर्खेतमा गरिएको हो ।

निश्चल र स्वस्तिमाका अलावा फिल्ममा सुष्मा निरौला र लोकेन्द्र लेखकको पनि अभिनय रहेको छ । निर्देशक विसीको होम प्रोडक्सन कम्पनी विसी मोसन पिक्चरको ब्यानरमा यो फिल्म निर्माण भएको हो ।नरेन्द्र मैनालीको छायाँकन रहेको फिल्म ३ असोजबाट प्रदर्शनमा आउने बताइएको छ ।

-रातोपाटीबाट

7090
Shares

ट्रेन्डिङ