सबैको समाचार
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • चिनियाँ राष्ट्रपति सि उत्तर कोरियाको भ्रमणमा

चिनियाँ राष्ट्रपति सि उत्तर कोरियाको भ्रमणमा

4000
Shares
चिनियाँ राष्ट्रपति सि उत्तर कोरियाको भ्रमणमा

चिनियाँ राष्ट्रपति सि चिनफिङले चीन र उत्तर कोरियाबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका सिले चीन र उत्तर कोरियाबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनका लागि आहृवान पनि गरेका छन् । चिनियाँ समाचार एजेन्सी सिन्हुवाका अनुसार राष्ट्रपति सिले दुई देशका नागरिकलाई प्रत्यक्ष रुपमा लाभ पर्‍याउन तथा विश्व, क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धिका लागि पनि चीन र उत्तर कोरियाको सदृढ सम्बन्ध आवश्यक रहेकोमा जोड दिएका छन् ।

उत्तर कोरियाको भ्रमण गर्नुअघि राष्ट्रपति सिको यस्तो भनाइ सार्वजनिक भएको हो । राष्ट्रपति सिले बिहीबार र शुक्रबार उत्तर कोरियाको भ्रमण गर्दैछन् । उनको यो भ्रमण चीनका उच्चस्तरका नेता तथा राष्ट्रपतिका रुपमा गरिएको १४ वर्षपछिको पहिलो हो । यस वर्ष चीन र उत्तर कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाइँदैछ । सोही अवसर पारेर चिनियाँ राष्ट्रपतिले उत्तर कोरियाको भ्रमण गर्न लागेका हुन् ।

दुवै देशका सञ्चारमाध्यमहरुले चिनियाँ राष्ट्रपति चिनफिङको यो राजकीय भ्रमणको समाचारको निकै प्रचार प्रसार गरेका छन् । भ्रमणमा निस्किनुअघि राष्ट्रपति सिको एक लेख उत्तर कोरियाको सरकारी पत्रिका रोडोन सिनमुनमा बुधबार प्रकाशित भएको छ । सो लेखमा राष्ट्रपति सिले कोरियाली वर्कस् पार्टीका अध्यक्ष किम जोङ उनको निमन्त्रणामा आफूले उत्तर कोरियाको राजकीय भ्रमण गर्न लागेको र यस भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने धारणा राखेका छन् ।

4000
Shares

ट्रेन्डिङ