सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • उडिरहेको विमानमा श्रीमान्-श्रीमतीको झगडा, डाइभर्ट गरियो विमान

उडिरहेको विमानमा श्रीमान्-श्रीमतीको झगडा, डाइभर्ट गरियो विमान

1405
Shares
उडिरहेको विमानमा श्रीमान्-श्रीमतीको झगडा, डाइभर्ट गरियो विमान

नयाँ दिल्ली । उडानका क्रममा श्रीमान्–श्रीमतीबिच झगडा भएपछि लुफ्थान्सा एयरलाइन्सको उडान बुधबार नयाँ दिल्ली डाइभर्ट गर्नुपरेको छ । दिल्लीमा अवतरण गरेपछि यी श्रीमान् श्रीमतीलाई यो फ्लाइटबाट हटाइएको थियो ।

समाचार एजेन्सी पीटीआईका अनुसार बुधवार जर्मनीको म्युनिखबाट थाइल्याण्डको बैंकक जाँदै गरेको लुफ्थान्सा एयरलाइन्सको उडान दिल्लीमा अवतरण गर्नुपरेको हो । यो विमानको अवतरण दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १०.३० बजे भएको थियो ।

विमान अवतरण गरेपछि दुवैलाई तल झरेर टर्मिनल क्षेत्रमा लगियो, जहाँ सीआईएसएफका कर्मचारी, विमानका चालक दलका सदस्य र अन्य कर्मचारीले दुवैसँग कुरा गरेका थिए । समाचार एजेन्सी पीटीआईले श्रीमान् जर्मनी र श्रीमती थाइल्याण्डकी रहेको बताएको छ ।

उडानकै क्रममा दुवैबिच झगडा सुरु भएपछि विमानका पाइलटले एयर ट्राफिक कन्ट्रोलरसँग सम्पर्क गरेका थिए । पाइलटहरूले एटीसीलाई ‘विमानको स्थिति र अनियन्त्रित यात्रु’ बारे जानकारी दिए।

एक अधिकारीका अनुसार श्रीमतीले पाइलटलाई आफ्नो पतिको खराब व्यवहारको बारेमा जानकारी गराउँदै उनको हस्तक्षेप माग गरेकी थिइन्। श्रीमानले आफूलाई ‘धम्की’ दिइरहेको उनले बताएकी थिइन् ।

1405
Shares

ट्रेन्डिङ