सबैको समाचार
आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • एकै परिवारका ७ जना क्वारेन्टाइनमा

एकै परिवारका ७ जना क्वारेन्टाइनमा

3305
Shares
एकै परिवारका ७ जना क्वारेन्टाइनमा

चैत्र, २५, सल्यान । भारतको जमुनाहा नाकाबाट नेपालगन्ज हुँदै घर फर्किएका सल्यानका एकै परिवारका ७ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।शारदा नगरपालिका–८, सिमखर्कका ५१ वर्षीय जीतबहादुर एरीसहित परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा राखिएको नगरपालिका प्रमुख सुरेश अधिकारीले जानकारी दिए । उनीसहित परिवारका ७ जनालाई त्रिज माध्यामिक विद्यालय लुहापिङ क्वारेन्टाइनमा अधिकारीले बताए ।

प्रमुख अधिकारीका अनुसार क्वारेन्टाइनमा उनीसहित पत्नी सुन्तली, छोराहरु खुमबहादुर, पूर्णबहादुर, छोरीहरु इन्द्रा, झरणा र बुहारी कल्पना बसिरहेका छन् ।

उनीहरु सबैजना चौविसैं घण्टा स्वास्थ्यकर्मीको निगरानीमा छन् । जमुनाहा नाकाबाट चैत्र ८ गते फर्केका उनीहरु २२ गते मात्र घर पुगेका थिए ।

स्थानीयबासी त्रसित बनेपछि उनीहरुलाई घरबाट क्वारेन्टाइनमा ल्याइएको अधिकारीले बताए । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिने अधिकारीले बताए । स्वास्थ्य सेवा कार्यालय प्रमुख डा. अर्जुन वुढामगरले क्वारेन्टाइनमा राखिएकाको स्वाब संकलन गर्न सुर्खेतबाट टोली बोलाइएको बताए ।

संक्रमितसँगै भित्रिएका पनि क्वारेन्टाइनमा

भारतबाट कैलालीको गौरीफन्टा नाका हुँदै कोरोना संक्रमित व्यक्तिसँग नेपाल प्रवेश गरेका दुईसहित परिवारका पाँच जनालाई जिल्ला अस्पतालको क्वारेन्टाइनमा राखिएको छ । कोरोना संक्रमितसँगै भारतबाट फर्किएका बाग्चौर नगरपालिका–१० का इन्द्रबहादुर खड्का, पत्नी लीलावती र छोरा उद्योगलाई क्वारेन्टाइनमा राखिएको हो ।

अस्पतालका अनुसार दार्मा गाउँपालिका–१ का रामबहादुर सुनार र विनोद विक पनि क्वारेन्टाइनमा छन् । स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. बुढामगरले सोमबार बेलुका ल्याइएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।

उनीहरुको नमुना संकलनका लागि सर्खेतबाट स्वास्थ्यकर्मीको टोली बोलाइएको उनको भनाइ छ । गौरीफन्टा नाकाबाट आएका सल्यानको शारदा नगरपालिका–८ का एक व्यक्तिलाई बर्दियाको बढैयाताल क्वारेन्टाइनमा राखिएको उनले जानकारी दिए ।

-कान्तिपुर

3305
Shares

ट्रेन्डिङ