सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आज देशभरको मौसमको अवस्था कस्तो छ त ?

आज देशभरको मौसमको अवस्था कस्तो छ त ?

3570
Shares
आज देशभरको मौसमको अवस्था कस्तो छ त ?

 

 

काठमाडौं,२३ फागुन : हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

 

आज (सोमबार) बिहान देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेकोछ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

त्यस्तै,दिउँसो भने देशको पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भने हल्का हिमपातको समेत संभावना रहेकाे छ।

 

राती भने देशको पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।

 

त्यस्तै, गण्डकी र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत संभावना भएको महाशाखाले जनाएको छ ।

 

 

3570
Shares

ट्रेन्डिङ