सबैको समाचार
बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • जनता समाजवादी पार्टी बिरगंज महानगर समितिद्वारा बिरोध प्रदर्शन ।

जनता समाजवादी पार्टी बिरगंज महानगर समितिद्वारा बिरोध प्रदर्शन ।

17935
Shares
जनता समाजवादी पार्टी बिरगंज महानगर समितिद्वारा बिरोध प्रदर्शन ।

२३ जेठ, बिरगंज,सुनिल श्रेष्ठ । लकडाउनका कारण घरमा थुनिएर बस्नु परेका नागरिकले अहिलेको अवस्थामा कर तिर्न नसक्ने भन्दै सम्पूर्ण कर मिनाहा गर्न जनता समाजवादी पार्टी वीरगञ्ज महानगर समितिले माग गरेको छ ।

कर मिनाहा गर्नु पर्ने माग गर्दै समितिका अध्यक्ष लियाकत अलिको नेतृत्वमा वीरगञ्जमा शुक्रबार बिरोध प्रदर्शन भएको छ । वीरगञ्जको विर्ताबाट सुरु भएको विरोध र्‍याली घण्टाघर चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

अर्थमन्त्री राजिनामा दे, जनता मार्न पाईँदैन, बिजुली शुल्क, नागरिकले तिर्नु पर्ने कर मिनाहा गर लगायतका नारा लगाउँदै वीरगञ्ज परिक्रमा गरेका थिए । लकडाउनका कारण नागरिक अहिले घरभित्रै थुनिएको र अहिले आम्दानीको माध्यम पनि नभएकाले सबै खाले शुल्क मिनाहा गर्नु पर्ने उनीहरुको माग छ ।कोणसभामा बोल्दै समितिका अध्यक्ष अलिले सरकारले नागरिकका समस्यालाई यथाशिघ्र सम्बोधन नगरे कडा संघर्षमा उत्रिने चेतावनी समेत दिए ।

र्‍यालीपछि उनीहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र पठाएका छन् । र्‍यालीमा जनता समाजवादी पार्टीका उपाध्यक्ष मदन गुप्ता, वडा नम्वर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार, उमेश सहनी, बिष्णु पटेल , सलाउदिन मंसुरी , अफराेज आलम, राजु गुप्ता ,सगिर अलि, अंकित गुप्ता लगायतकाे सहभागिता रहेकाे थियाे ।

17935
Shares

ट्रेन्डिङ