सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • एम्बुलेन्समा गाँजा र तेल ढुवानी गर्ने ट्याङकरमा रक्सी

एम्बुलेन्समा गाँजा र तेल ढुवानी गर्ने ट्याङकरमा रक्सी

5165
Shares
एम्बुलेन्समा गाँजा र तेल ढुवानी गर्ने ट्याङकरमा रक्सी
  • सुनिल श्रेष्ठ

बिरगंज / बिश्‍व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारले आवहान गरेको बन्दाबन्दी (लकडाउन) को मौका पारी मंगलवार रात्रिको समय मा ०२:४५ बजे पर्साको बीरगंज महानगरपालिका वडा नं.२७ रामपुर टोल स्थितमा लागु औषध गाँजा ओसार पसार हुदैछ भन्ने विशेष सूचनाको आधारमा पर्सा प्रहरीका क्राईम ब्रान्चका प्रहरी निरीक्षक रबि भुषण यादवको कमान्डमा गएको प्रहरी अधिकृत सहितको प्रहरी टोलीले ना ४ च ८५९९ नं.को अल्पाईन मेडिकल कलेज टिचिङ हस्पिटल सिमरा बाराको एम्बुलेन्स प्रयोग गरी जि.पर्सा बहुदरमाई न.पा.०५ स्थित भौराट्टार गाँउ तर्फ लैजादै गरेको अवस्थामा ५६ के.जी.लागु औषध गाँजा र ना.४ च ८५९९ aनम्बरको एम्बुलेन्स सहित सर्लाही जिल्ला लालबन्दी न.पा. वडा न.१५ बस्ने संचार सिंह वाईवाको छोरा बर्ष २३ को जित बहादुर वाईवा , सोहि ठाउ बस्ने शोभा सिंह वाईवाको छोरा बर्ष २२ को दिल बहादुर वाईवा र पर्सा जिल्ला बहुदरमाई न.पा. वडा न. ५ भौराटार बस्ने राममहतोको छोरा बर्ष ३२ को हरिशंकर महतोलाई पक्राउ जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी गराउनु भयो ।

त्यसैगरि रक्सीको तस्करहरुले ना.२ ख ७३७५ नं.को तेल ट्यांकरमा विभिन्न ब्राण्डका रक्सीहरु राजश्व छली चोरी निकासी गरी भारततर्फ लैजाँदै छ भन्ने गोप्य सुचनाका आधारमा पर्सा प्रहरी टोलिले बुधबार बिहान ०६:३० बजेको समयमा जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.१६ रजतजयन्ती चोक सडकमा ना.२ ख ७३७५ नं.को तेल ट्यांकरमा तल उल्लेखित विभिन्न ब्राण्डका विभिन्न परिमाणका रक्सीहरु लुकाई छिपाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारीएकोले उक्त ना.२ ख ७३७५ नं.को तेल ट्याङकर तथा उक्त ट्याङकरका चालक जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.१६ बस्ने लाल बहादुर थिङको छोरा वर्ष ४७ को सन्दिप थिङ र सह-चालक वडा नं.२१ बस्ने पदम बहादुर बुढाथोकीको छोरा वर्ष २२ राधे बुढाथोकी समेतलाई नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याई थप अनुसन्धान भईरहेको गौतम थापा ले बताए । गाडी मा …..
१) गोल्डेल ओक (क्वाटर): ४८ पिस
२) नेपाल आईस बियर ( क्यान): २४ पिस
३) सिग्नेचर (क्वाटर): ३३ पिस
४) 8848 भोड्का (क्वाटर): २८ पिस लगायत अन्य जान्कारी आउन बाकी रहेको बताएका छन् ।

5165
Shares

ट्रेन्डिङ