सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • नेबिसंघ ठा. ब क्याम्पस द्वारा मेयरलाई ज्ञापनपत्र

नेबिसंघ ठा. ब क्याम्पस द्वारा मेयरलाई ज्ञापनपत्र

5435
Shares
नेबिसंघ ठा. ब क्याम्पस द्वारा मेयरलाई ज्ञापनपत्र
  • सुनिल श्रेष्ठ

वीरगंज, असार ०४ गते बिहीबार / नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पस ईकाई समिति अध्यक्ष मनोज साहको नेतुत्वमा गएको टोलिले बिरगंज महानगर पालिकाको कार्यालय पुगि मेयर बिजय सरावगीलाई ज्ञापन पत्र बुझाएको थियो । ६ बुदे माग सहित ज्ञापनपत्र पढेर हस्तान्तरण गरेको हो। विश्वभरी कोरोनाको महामारीले नेपाल लगायत पुरै विश्व नै प्रभावित र त्रासित छ । कोरोना विरुद्धको संघर्षका क्रममा नेपाल सरकार प्रदेश सरकार तथा स्थानिय सरकारले गम्भीरता नराख्दा यो माहामारीको जोखिम अप्रत्यासित रुपमा तिब्र गतिमा बढ्दै गैरहेको छ ।

लकडाउनको अवधिभर आम नागरिकहरुमा त्रास बढ्दै जानु, जनशक्ति र स्वास्थ्य समाग्रीहरुको अप्रयाप्त देखेर पिसिआर परिक्षण सुस्त गतिमा गरिनु मानवीय संवेदनशिलताको ख्याल नगरी मापदण्ड विपरितका कोरेन्टाइनहरु निमार्ण गरी कोरेन्टाइन मै संक्रमण बढ्ने कारखाना बन्दै जानु र दिनानुदिन घरायसी बन्दै गैरहेको कृषि पर्यटन र उद्योग व्यवसायलाई पुन: उत्पादनका लागि राहतको कुनै कार्यक्रम नल्याई श्रमिक बेरोजगार विधार्थीलाई राहत एवंम कुनै विशेष कार्यक्रम ल्याउन नसक्नु । लकडाउनका कारण स्कुल कलेज बन्द भई विधार्थीहरुको शैक्षिक भविष्य अनमल भएको बेला गम्भीर रुपमा दृष्टिकोण र आवश्यक कार्ययोजना निमार्ण गर्न वी।रगंज महानगरपालिका असफल हुनु महानगरपालिको यस्तो विशेष परिस्थितीमा पनि वीरगंज महानगरपालिका अनियमिता र भ्रष्टाचारमा संलग्न रहेको हाम्रो ठहर छ ।

कोभिड – १९ को महामारी रोग नियन्त्रण गर्न यसका अल्पकालिन र दीर्घकालिन नाकारात्मक प्रभाव न्यून गर्न जनताको सरोकार र आवश्यकता विषयलाई सम्बोधन गराउन वीरगंज महानगरपालिकाले तत्काल निम्नलिखित कदम चलोस भने जोरदार मांग ने.वि.संघ ठा.रा.ब. इकाई समितिले मांग गर्दछ । सो कार्यक्रममा नेबि संघका युवा नेता धिरज गुप्ता , अन्जन गुप्ता , उपेन्द्र यादव , राहुल शर्मा , राजीब गुप्ता र नेबि संघका जिल्ला सदस्य राहुल गुप्ता लगायतकाको सहभागीता रहेको थियो ।

5435
Shares

ट्रेन्डिङ