सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • महिला प्रहरीको लागि पटेर्वासुगौलिमा दुई कोठे भवन

महिला प्रहरीको लागि पटेर्वासुगौलिमा दुई कोठे भवन

4625
Shares
महिला प्रहरीको लागि पटेर्वासुगौलिमा दुई कोठे भवन
  • सुनिल श्रेष्ठ

वीरगञ्ज / पर्सा जिल्ला स्थित रहेको इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीमा निर्मित महिला प्रहरी भवनको उद्घाटन भएको छ। जिल्ला प्रहरी कार्यालय, पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले महिला प्रहरी भवनको शुक्रवार उद्घाटन गरिन्। उद्घाटन समारोहमा उनले महिला प्रहरीका लागि छुट्टै भवन निर्माण भएकोमा खुशी व्यक्त गरिन् । उनिले महिला प्रहरीको लागि छुट्टै भवनको निर्माण गरेकोमा गापाको प्रशंसा पनि गरिन् । प्रउ पन्तले कोभिड–१९ महामारीमा प्रहरीले खेलेको भूमिका पर्याप्त नभएको भन्दै यो अभियानमा सबैको सहकार्य आवश्यक हुने बताइन् ।

प्रहरी एक्लैले कोभिड–१९ रोकथाममा अहम् भूमिका खेल्न नसक्ने भन्दै उनले समाजको सहकार्य आवश्यक भएको जिकिर गरिन् । प्रहरी उपरीक्षक पन्तले इप्रका, पटेर्वासुगौलीमा महिला प्रहरीको दरबन्दी नभए पनि महिला प्रहरी भवन निर्माण गरिएको कारण एक साताभित्र दुईजना महिला प्रहरी खटाउने प्रतिबद्धता जाहेर गरिन्। उनले जिल्लामैं महिला प्रहरीको सङ्ख्या ७० मात्र रहेको बताउँदै सो अपुग भएको बताइन्। उनले पर्सामा कम्तीमा दुई सय महिला प्रहरी आवश्यक रहेको जिकिर गरिन्। महिला प्रहरीको अभावमा वीरगंज महानगरबाहेक पोखरिया नगरपालिकामा मात्र महिला प्रहरी खटेका छन् ।

गापा अध्यक्ष हरिनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गापा उपाध्यक्ष ममता महतो, निमित्त प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादव, शिक्षक सुभाष दासलगायतले मन्तव्य व्यक्त गरेका थिए। इप्रका पटेर्वासुगौलीका प्रहरी निरीक्षक दीपक चोरवारले गापाको रु १५ लाखको लागतमा दुई कोठे सुविधासम्पन्न महिला प्रहरी भवन निर्माण भएको बताए,कार्यक्रमको संचालन लेखापाल एव प्रहरी सहायक निरीक्षक सुभाष यादवले गरेको थियो ।

4625
Shares

ट्रेन्डिङ