सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • छोरी कुट्ने बुबा धरौटीमा रिहा

छोरी कुट्ने बुबा धरौटीमा रिहा

480
Shares
छोरी कुट्ने बुबा धरौटीमा रिहा

हेटौँडा । छोरीलाई निर्घात कुटपिट गरेको आरोपमा पक्राउ परेका बाबु धरौटी बुझाएर रिहा भएका छन् । 

जिल्ला अदालत मकवानपुरले महोत्तरी एकडाँडा गाउँपालिका-३ घर भई हाल हेटौँडा-५, सिँचाइ टोल बस्ने २७ वर्षीय रामजी मण्डललाई ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।   

गत पुस २१ गते मण्डलले आफ्नी चार वर्षीया छोरीलाई पढाउने क्रममा कुटपिट गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । मण्डलले छोरीलाई पेन्सिलले मुख र शरीरका विभिन्न भागमा घोचेर घाइते बनाएका थिए ।

घाइते छोरीलाई हेटौँडा अस्पतालमा उपचार गरी घर लगिएको छ । बालिकालाई कुटपिट गर्ने मण्डललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानका लागि हिरासतमा राखेको थियो । उनीमाथि बालबालिकाविरुद्ध कसुर मुद्दामा कारबाही सुरु भएको हो । रासस 

 

480
Shares

ट्रेन्डिङ