सबैको समाचार
सोमवार, बैशाख २४, २०८१

मास्क नलगाउने ६४ प’क्राउ

4555
Shares
मास्क नलगाउने ६४ प’क्राउ

लहान, २४ असार : मास्क नलगाई हिँड्ने ६४ जनालाई मङ्गलबार एकै दिन सिरहा प्र’हरीले प’क्राउ गरी का’रवाही गरेको छ । लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारवाही गरिएको जिल्ला प्र’हरी कार्यालय सिरहाका प्रवक्ता प्र’हरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दूरीलाई पालन गरी कार्य गर्न आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले प’क्राउ गरी सङ्क्रमण रोग ऐन, २०२० अनुसार कारवाही शुरु गरिएको प्र’हरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो । प’क्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको उहाँले बताउनुभयो ।

4555
Shares

ट्रेन्डिङ