सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • दोलालघाट पुलमा टिपरको जात्रा

दोलालघाट पुलमा टिपरको जात्रा

9430
Shares
दोलालघाट पुलमा टिपरको जात्रा

धुलिखेल, २४ साउनः शुक्रबार एकाएक दोलालघाट पुल माथि राखिएका टिपरको फोटो भाइरल भयो । फोटोमा एक तर्फि सडक अवरुद्ध भएर पालो कुरिरहेको जस्तो देखिन्छ । तर वास्तविकता भने फरक छ ।

काभ्रेको तीन वटा क्रसर र सिन्धुपाल्चोक जिल्लाको आधा दर्जन भन्दा बढी क्रसरबाट निर्माण सामग्री लिएर आउने टिपरले दोलालघाटको पुल प्रयोग गर्छन् । लकडाउनपछि टिपर गुड्ने समय निर्धारण गरिएको छ । जस अनुसार साझँको समयमा दोलालघाट पुलमा यो दृश्य देखिन थालेको धेरै भइसक्यो ।

पुलमा चालकहरु आफैले यसरी टिपर लाइन बद्ध भने गरेका होइनन् । पुल माथि प्र’हरीले नै टिपरको लाइन राख्ने गरेको स्थानीयहरुले बताए । दोलालघाट उद्योग वाणिज्य संघका अध्यक्ष सूर्य कक्षपतिले चेकजाँचको क्रममा सधै जसो पुलमा टिपरको लाईन लाग्ने गरेको बताउनुभयो । ‘काभ्रे र सिन्धुपाल्चोकका क्रसरबाट निर्माण सामग्री लोड भएर आएका टिपरहरु दिउँसो बन्देउ आसपास बन्छन्, उहाँले भन्नुभयो, समय भएपछि एकैपटक लाइन लागेर आउँदा पुलमा टिपरको लाइन प्रायः लाग्ने गरेको छ ।’

लोड भएका सवारी साधन एउटा मात्रै भएपनि पुलमा राखेको भए कारबाही गर्ने निकाय प्र’हरीले नै यसरी लाइन लोड भएका टिपर राखे पछि स्थानीय चकित परेका छन् । जिल्ला ट्राफिक प्र’हरी कार्यालय काभ्रेका प्रमुख विशाल तामाङले पुलको मुखैमा चेकपोइन्ट भएका कारण पुलमै लोडभएका टिपरको लाइन हुने गरेको बताए ।

उनले फोटो सार्वजनिक भए लगत्तै दोलालघाटमा रहेको आफ्नो युनिटलाई अबदेखि पुल पारि नै चेकजाँच गर्न निर्देशन दिइरहेको बताए । ‘पुलको मुखैमा चेकपोइन्ट छ, एकैपटक तीन सयभन्दा बढी संख्यामा टिपर राजधानी प्रवेशका लागि आउने गर्दा यस्तो समस्या आएको हो, उहाँले भन्नुभयो, मैले अबदेखि पुल पारि नै चेकजाँच गर्न भनिसकेको छु, आजबाट त्यस्तै हुदैँन् ।’

9430
Shares

ट्रेन्डिङ