सबैको समाचार
बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • काभ्रेको मालपोत र नापी कार्यालयमा नगरपालिकाका सेवाग्राहीलाई ‘बार’ निर्धारण

काभ्रेको मालपोत र नापी कार्यालयमा नगरपालिकाका सेवाग्राहीलाई ‘बार’ निर्धारण

10495
Shares
काभ्रेको मालपोत र नापी कार्यालयमा नगरपालिकाका सेवाग्राहीलाई ‘बार’ निर्धारण

धुलिखेल, २६ साउनः काभ्रेमा दिनप्रतिनिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्लाको सबैभन्दा बढी भिडभाड हुने दुई सरकारीले कार्यालयले सेवा दिने बार तोकेका छन् । जिल्ला मालपोत र नापी कार्यालयले बार तोकेका हुन् ।

यी दुबै कार्यालयले छुट्टा छुट्टै जारी गरेको सूचनामा अबदेखि बारका आधारमा जिल्लाका सम्बन्धित नगरपालिकाका सेवाग्राहीको काम हुनेछ । यसरी तोकिएको बार जिल्लाका नगरपालिकाहरुलाई मात्रै लागु हुनेछ । गाउँपालिकाका सेवाग्राहिले भने कार्यालय खुलेको जुनसुकै बार पनि काम सेवालिन पाउने छन् । जिल्लाम रहेका ६ वटा नगरपालिकाका सेवाग्राहिलाई एक एक दिनको आलोपालोको ब्यवस्था गरिएको छ ।

आईतबार मालपोत र नापीमा धुलिखेल, पाँचखाल र पनौती नगरपालिकाका सेवाग्राहिको काम हुनेछ । त्यस्तै सोमबार बनेपा, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकाको काम हुनेछ । त्यसैगरी मंगलबार नापीमा धुलिखेल, पाँचखाल र पनौती नगरपालिकाकाले सेवा पाउनेछन् । बुधबार बनेपा, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकाले सेवा पाउनेछन् ।

यस्तै बिहीबार धुलिखेल, पाँचखाल, पनौती नगरपालिका र शुक्रबार बनेपा, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकाका सेवाग्राहिको काम हुने मालपोत र नापी कार्यालयले जनाएका छन् । यो नियम भोली मंगलबारदेखि लागु हुनेछ । हिजो बसेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले सरकारी कार्यालयहरुमा जनस्वास्थ्यका मापदण्ड पुरा गरेर सेवा दिए, नदिए बारे अनुगमन र निरीक्षण गर्न निर्णय गरेको छ ।

10495
Shares

ट्रेन्डिङ