सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कांग्रेस काभ्रेका जिल्ला सभापति तीर्थ लामाद्वारा पदभार ग्रहण

कांग्रेस काभ्रेका जिल्ला सभापति तीर्थ लामाद्वारा पदभार ग्रहण

4470
Shares
कांग्रेस काभ्रेका जिल्ला सभापति तीर्थ लामाद्वारा पदभार ग्रहण

 

नेपाली काँग्रेस काभ्रेको १४ औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कार्य समितिले पदभार ग्रहण गरेको छ ।

मंसिरमा सकिएको १४ औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारीले आज पदभार ग्रहण गरेका हुन् । १४ औँ जिल्ला अधिवेशनबाट सभापतिमा तीर्थ लामा निर्वाचित हुनुभएको थियो ।

निवर्तमान सभापति मधु आचार्यले सभापति तीर्थ लामालाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको नवनिर्वाचित सचिब गुणराज मुक्तानले जानकारी दिनुभयो । १४ औँ जिल्ला अधिवेशनमा दुई समूहबीच निर्वाचन भएको थियो ।

निर्वाचनबाट सभापतिमा तीर्थ लामा १ हजार ६ सय ४६ मत सहित विजयी हुनुभएको थियो । लामाको प्रतिद्ध न्द्धी निवर्तमान जिल्ला सभापति अच्यूत पौडेलले ७ सय ७० मत प्राप्त गर्नुभएको थियो ।

काँग्रेस काभ्रेको जिल्ला कार्य समितिमा उपसभापतीमा ठाकुर प्रसाद न्यौपाने १४०० मत र रमेश प्रसाद हुमागाईं १५२३ मत सहित विजयी हुनुभएको थियो । सचिबमा गुणराज मुक्तान १४२० मत र माधव प्रसाद ढकाल १४१० मत ल्याएर विजयी बन्नुभएको थियो ।

सहसचिबमा समीर ब्याञ्जु श्रेष्ठ १४४५ मत र रबिन्द्रनाथ सिग्देल १४१९ मत ल्याएर विजयी हुनुभएको थियो ।

आजै काभ्रे प्रतिनिधि निर्वाचन क्षेत्र नम्बर १ का सभापति दिनेश लामाले पनि पदभार ग्रहण गर्नुभएको छ ।

प्रतिनिधि निर्वाचन क्षेत्र नम्बर २ को पनि छिट्टै जिम्मेवारी हस्तान्तरण हुने जिल्ला सचिब मुक्तोनले जानकारी दिनुभयो ।

 

4470
Shares

ट्रेन्डिङ